धरान/गुणस्तरीय शिक्षलााई आफ्नो स्थापना कालदेखि नै मेरुदण्ड बनाउदै आएको यरेका आवासीय उच्च मावि धरानले सोमबार आफ्नो स्थापनाको २१ औं बर्ष गााठ भव्य रुपमा सम्पन्न गरेको छ ।
विद्यालयका चारजना फाउन्डरमध्ये एक स्व. कुरन चेम्जोङ्गको स्मरण गर्दै उनको तस्विरमा माल्यार्पण गरी सुनसरीका जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद दुलालले २१ औं बर्षगााठको सुभारम्भ गर्नुभएको थियो । स्थानीय धरान सभागृहमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले रोचक ढंगले विज्ञान प्रदर्शन, नृत्य प्रस्तुत गरेर अभिभावक एवम् आगन्तुक अतिथिहरुको मन जितेका थिए ।
सो अवसरमा बोल्दै सुनसरीका जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद दुलालले भन्नुभयो, सुनसरीमा मात्र हैन पूर्वाञ्चलमै युरेका आवासीय उच्च माविले शैक्षिक क्षेत्रमा छुट्टै स्थान बनएको धारणा व्यक्त गर्नुभयो । वि.सं. २०५७ सालमा पहिलो एसएलसी व्याच शतप्रतिशत रिजल्ट ल्याएको यरेकाबाट आजसम्म हजारौ विद्यार्थीले एसएलसी उत्तीर्ण गरेका
छन् । प्रत्येक बर्ष शतप्रतिशत नै रिजल्ट ल्याउन सफल यसले उच्च मावि तर्फ पनि पूर्वाञ्चलमा राम्रो स्थान ओगट्न भएको बताउनुभयो । आगामी दिनमा विद्यालयको शक्षिक स्तर अझ वृद्धि हुादै जाओस् भन्ने शुभकामना चुडालले दिनुभयो ।
अत्यन्तै आकर्षक ढंगले सञ्चालन गरिएको कार्यक्रममा उच्च शिक्षा हासिल गरेका पर्व विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो भने सञ्चालन विद्यार्थीहरु आफैले गरेका थिए ।
