धरान/धरानमा अन्तर्राष्ट्रिय माउन्ट वाइक प्रतियोगिता हुने भएको छ ।
आयोजक संस्थ ग्रिन ह्विल
धरान र नार्लि बाइकिड कम्पनी काठमाण्डौको संयुक्त आयोजनामा आगामी पौष २४ गतेदेखि २८ गतेसम्म प्रतियोगिता हुने आयोजकले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
धरानलाई वातारणमैत्री साइकल सिटी बनाउने उद्देश्यका साथ आयोजन ा गर्न लागिएको सो प्रतियोगितामा महिला तथा पुरुष गरी २ सय जनाले प्रतिष्पर्धा गर्ने अन्तर्राष्ट्रिय माउन्टेन वाइक रेस प्रतियोगिताका संयोजक हेम लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालको काठमाण्डौ, पोखरा र धरान लगायत भुटान, भारत, फ्रान्स र अमेरिकाका साइकोलिष्टहरुको सहभागिता रहने आयोजनाले जानकारी दिएको छ । प्रतियोगितामा प्रतियोगिता डाउनहिल र क्रस कन्ट्री विधानमा हुने समेत आयोजकले जानकारी दिएको छ ।
डाउन हिल प्रतियोगिताका लागि धरानको प्याराग्लाइडि गर्ने स्थानबाट शुरु भएर भर्लेनी, शिखरबास र
धरानको बेस क्याम्प हुदै अमरहाट टुंगिने भएको छ भने क्रस कन्ट्री लागि धरान १४ स्थित विजयपुर स्कुलबाट शुरु भएर बुढासुब्बा मन्दिर, पिण्डेश्वर, दन्तकाली हुदै पुन विजयपुर नै पुग्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा विजेता हुनेलाई ४० हजार नगद, उपविजेतालाई २० हजार नगद र तेस्रो हुनेलाई १० हजार
पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
त्र
