बजाजको महामेलामा अफरै अफर

धरान÷भारतको उत्कृष्ट मोटर साइकल निर्माण कम्पनीबाट उत्पादित बजाज मोटर साइकलको धरानका लागि आधिकारिक विक्रेता अरविन एण्ड ब्रदर्श आटोले दशै तिहार लक्षित महामेला आयोजना गरेको छ ।
भाद्र २७ गतेसम्म सञ्चालन हुने महामेलामा बजाज कम्पनीबाट उत्पादित १३ मोडलका मोटरसाइकलहरु राखिएका छन् । बजाजका मोटर साइकलसँग जुनसुकै कम्पनीका मोटर साइकल साट्न सकिने र मेक्सिमम स्किम ग्राहकहरुलाई दिएका कारण ग्राहकहरुको भीड अत्याधिक बढेको छ ।
अरविन एण्ड बदर्श अटोका प्रोपाइटर अरविन लामाका अनुसार हामीले अहिले नेपालीहरुको महान पर्व दशै तिहारलाई लक्षित गरेरै महामेलाको आयोजना हौ । चाडपर्वको समयलाइ नै कुरेर ग्राहकहरु बस्ने गरेको विगतको अनुभवको आधारमा आयोजना गरेको महामेलामा हामीले हेब्बी स्किम दिएका छौं , लामाले भन्नुभयो । नयाँ बाइक किन्न चाहने ग्राहकहरुलाई मेक्सिमम एक लाख सम्म छुट, पुराना बाइकको बजार मूल्य भन्दा १५ हजार थप मुल्याकन, हेलमेट, लेगार्ड, वाइक कभर, ल्यापटप व्याग समेत उपलब्ध गराइने प्रोपाइटर लामाले जानकारी दिनुभयो । महामेला अवधिमा २ सय वटा मोटरसाइकल विक्री गर्ने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो । महामेलामा एभेन्जर, पल्सर, डिस्कभर लगायत १३ मोडलका बाइकहरु राखिएका छन् ।

तपाईको प्रतिक्रिया