रावललाई साढे साती
दुई वटा पूर्वका फूजनबाट जन्मेको नेक्पाका नेता भीम रावललाई साढे सातीले भेट्या छ कि क्या हो ? वतृमानका शक्तिशाली दुई पूर्वको तिन्ले विरोध ग¥या देखेर घण्टाघरलाई पनि घरी घरी आश्चयर्जेमा पर्न थाल्या छ । नाम अनुसारकै बोली छ तिन्को । नाम भीम रावल बोली पनि मिभकै जस्तो । कहिले यो मुलुक राजा भन अरुले चलाउन सक्दैनन् यहाा दल होइन दलाल मात्र छन् भन्छन्, कहिले केपीओली सत्तामा छउन्ज्याल देशमा विकास हुँद ैन, भ्रष्टाचरमात्र बढेर जान्छ भनेर कुर्लन्कछन् । रावललाई अंकुश लगाउन नेतृत्वको विरोध गनेलाई कारबाही गने भनेर एकजना पूर्वले निर्णयै राइसक्या छ । तर रावल िकिन थमिन्थे ? अछामे न परे।। आच्छिउ खाएँ बाच्चिउ खाए झुसे विरालो भनेभै । रावल लत्तरा मान्छे हुादे होइनन् । अहरुले तयसरी बोल्या भए दुई प ूर्वले अहिलेसम्म गाँड गर्दन दोबारेर कुँजो बनाइसक्थे । कि कसो हौ ?
गनतन्त्रे राजाहरुको शान
नेपालमा यतिबेला कसैको शान छ भने त्यो गनतन्त्रे राजाहरुकै छ । तीन तोला सुन र एक कट्ठा जग्गा भएपनि त्यो तिलस्मी सम्पत्ति नै रै’छ । जति कोट्याए पनि झन झन बढ्दै जाने । संसारकै सबैभन्दा महँगो होटलमा परिवारसहित गएर हप्तौ ढलीमली गरेर आए पनि, अम्रिका गएर आराम गरे नि कहिल्यै सिद्धिदैन । सम्पत्ति त त्यस्तो तिलस्मी पो हुनुपर्छ त ? हुन त यी गनतन्त्रका राजा हुन् । जनता सबै पाजी भएर खाडीतर गएर पसिना बगाउछन् तर यिन्लाई क्या हाइसञ्चो छ । आफ्ना शाखा सन्तान सबैलाइ राज्येको डुकुटीबाट जे जे माग्यो त्यही त्यही द्या छ । छोरीलाई भरतपुरको मेयर, अर्को छोरीलाई आफनै स्वकीय सचिव बनाइद्या छ । भए
भरका सबैलाई पद बाँडेर गज्नब व्यवस्था गरिदिएका छन् । खुट्टै हलाएर गणतन्त्रे राजाहरुले ?
चोरहरु पो हुलेछन्
हैन हौ हाम्रा पर्धानमन्तरी चीनबाट रेल हुल्ने, तेल हुल्ने भनेर बाह« सत्ताइसको डिङ्ग हाक्थे । जन्ताले नि रेल र तेलको टेन्सिन नहुने भयो भनेर कम्ता खुशियाली मनका थेनन् । तर रेल र तेल भन्दा पहिला त खप्रओबाले चोर पो हुलेछन् । गोडा पाँचेक चीनबाट आएका चोरहरुले यहाँका बैंकहरुबाट बल्छी लगाएर करोडौ तान्दिएछन् । क्या छट्टु चोर वाफ रे वाफ । नक्कली एटिएमबाट रगड रागड गरेर लुतुलुतु पैसा निकाल्नु चानचुने कुरा हँुदै होइन । धन्न नेपालका पुलिसहरुले सुइँको पाएर तिन्लाई अँठ्याए छन् । जे होस् चिनियाँ चोर हुँलेर खप्रओवाले एक पटक सबैलाई आश्चर्यमा पार्दिएका छन् । चीनसँग मात्र नभएर त्यहाँका चोरहरुसँग पनि हाम्रा खप्रओवाको राम्रै कनेक्सन रैछ ।
भडुवा बाउराम यो मुलुक पनि विचित्रकै हो । डाक्टरहरु नै यहाँ धमाधम खुस्कन थाल्या छन् । पछिल्लो पटक नाम मात्रका बाउराम भट्टराई साह«ै नराम्ररी खुस्किएछन् । हुन त माउवादी छोडेपछि नै तिनको दिमाग खुस्कन थाल्या थियो अहिले त
बर्बराउनै थालेछन् । देशाँ यस्ता भडुवाँ डाक्टर भएसी मुलुक कसरी उँभो लाग्छ । अब हेरम न अस्तिका दिन तिन्ले दलितले नि हिन्दु धर्म मान्नु हुन्छ ? सबै दलितले हिन्दु धर्म छोडिदिनुस भनेर आवहान नै गरेछन् । अनि यिन्लाई खुस्केको डाक्टर नभनेर के भन्ने ? आफूचाँहि हिन्दु धर्म मान्ने अनि अरुलाई नमान भनेर अर्ति दिनु त अलि हजम भएन नि † आफ्ना बाबु ८४ बर्षको हुँदा निधारमा रातो टीका, गलामा सयपत्री माला लगाएर मृत्युन्जय पाठ गर्ने बाउरामहरु अब यो मुलुकमा सठियाए छन् ।
अन्तरघातीलाई कारबाही गर्ने रे
अस्तिका दिन लाँग्रेसका स्यालबहादुरफेरि बर्बराएछन् । भक्तपुरतिर जाँदा यसो ढोल ढ्यांग्रो ठटाएर भाते संगठनका कार्जकर्ताहरुे गुएँलाको फूल समेत हातमा राखेर स्वागत ग¥या थे । स्यालबहादुर गजक्कै परेछन् । चुनाउको बेलामा माल लिई लिई हार्नेलाई टिकट दिएपछि लाँग्रेस पाहा पछािरए झै पछारियो । स्याल बहादुरका नन्दीभृंगीहरु नै टिकट खरिद गर्नेहरुलाई हराउन कन्दनी खोलेर लाग्या थिए । अन्तरघातीहरुलाई कारबाही गर्न पत्राचार भयो, मौखिक आग्रह भयो तर स्यालबहादुरले कसैलाई कारबाही गरेनन् । अब हुने उपचुनाउमा बरु सभापतिको पर्दै चैट होस तर अन्तरघातीलाई कार्बाही गर्छु भनेछन् । कति हाँस्नु हाँस्दाहाँस्दै सिद्धिएला जस्तो भयो ।
खुट्टा छोट्याइन्छ रे नेक्पा विप्लव पनि हाम्रा पर्धानमन्तरी जस्तो प्यार्र–प्यार्र बोल्ने मात्र हो कि क्या हो ? अस्तिका दिन विप्लवले सामाजिक सञ्जालमा भनेका रै’छन् जनताको रगत र पसिना खाएर महल बनाउनेहरुको खुट्टा छोट्याइन्छ रे । नपत्याउँ । नेपालाँ गनतन्त्र आएसी जन्ताको रगत र पसिनाबाट महल ठड्याउनेहरुको लिष्ट महाभारत जत्तिकै लामो र सबै नेपाली जनताले श्लोक हालेर बाचन गदै आएका छन् । विप्लवले त्यो महाभारतीय लिष्ट र जनताले स्लोक हालेर गाएको गीत सुनेकै रै’नछन । पहिला लिष्ट हेर्नुप¥यो अनि श्लोकहरु सुन्नु प¥यो । खुट्टा छोट्याउने नाममा मालको बार्गेनिङ्ग त होइन ? अखिरी गुजरा चलाउनै प¥यो । कसैले ढाँटेर चलाएका छन्, कसैले ठगेर चलाएका छन्, कसैले चोरेर चलाएका छन् भने कोही कोही खुट्टा छोट्याइदिने भनेर चलाउने वाला छन् । जो गजरता है वो
वरसता नही । वात करते है ।
कागते काठाको उवाच
नेप्लिज लाँग्रेसका स्लो नेता माने कागते काठाको उवाच सुन्दा सुन्दा यतिबेला घण्टाघरको मगजै गोलमाल होला जस्तो भा’छ । कागते कोठा माने रामचन्द बाजे । पहिला पहिला प्रचण्डाउ भन्या नै राजा ज्ञानेन्द्र भनेर खुब लेख लेख्थे । प्रचण्डाउ फुत्त जंगलबाट निस्केर वाल्वाटार पुगे कागते काठा निक्कै दिन बेपत्ता भए । त्यसपछि विस्तारै तिन्को सातो फर्कियो । अब अहिले फेरि तुक न बतुकसँग नेपालाँँ कुनै पन हालतमा राजसंस्था फर्कदैन भनेर चिच्याउदै छन् । हैन ती काठासँग बोल्ने अरु केही विषये छैन ? तुक न बेतुकका कुरा गरेर किन नेता पल्टिएको होला ? नेपालाँ असम्भव भन्ने केही छैन । सबै कुरा सम्भव छ । खै कुरा बुझ्या ?
अन्तेमा
नेप्लिज लाँग्रेसका फाउको सभापति खाएर डिङ्ग हाक्ने विमलेन्द्र निधिले अस्तिका दिन भन्या हिन्दु धर्म काँग्रेसको एजेन्डा होइन रे । यिनलाई पनि होलीवाइनको छिटा लाग्या रै’छ । होली वाइन, सुरुप्प पार्नेहरु मात्र हिन्दु धर्मका विरुद्धमा बोल्छन् । कमसे कम अलिकति सरम त गर्नु ? बाबुले कहिल्यै ठाडो चन्दन छोडेनन् । छोरो होली वाइनको स्वाद लिएर बस्या छन् । यस्ता समरस्वाँठहरु भएसी लाँग्रेस फुइøयाँको अगाडि बढ्छ ? धेरै बकबक गरे जनकपुरका साधु सन्तले बजार परिक्रममा गराउलान् है । सावधान †
