धरान÷आसाम राइफल्सका डाइरेक्टर जनरल सुकदेव सिंह, सेना मेडल वारले शनिवार यहाँ आयोजित एक कार्यक्रममा आसाम राइफल्समा आफ्नो जीवन समर्पण गर्नु भएका भूपू र वीर नारीहरुको रेखदेखमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।
भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानमा शनिवार आयोजित आसाम राइफल्सको भेलालाई सम्बोधन गर्दे डाइरेक्टर जनरल सिंहले आसाम राइफल्सका भूपू, बीर नारी तथा तिनका आश्रित नानीहरुका लगि लोक कल्याकारी कार्यक्रमको घोषणा गर्दै उक्त कुरा बताउनु भएको हो ।
आवश्यक कागजातहरु नमिल्दा बर्षाेदेखि पेन्सनबाट समेत बञ्चित हुन पुगेका श्रीप्रसाद क्षेत्रीको कागजातमा भएको समस्या समाधान पश्चात रु ११ लाख ३ सय ४४, चन्दमणि क्षेत्रीलाई ४ लाख ९ सय ९८ को चेक हस्तान्तरण गरिएको थियो । यसैगरी बीर नारी सावित्री भट्टराईलाई १७ लाख, इन्दिरा थापालाई ११ लाख, बालकुमारी
राईलाई १९ लाख, जमुना तामाङ्गलाई ११ लाख, टिकाकुमारी श्रेष्ठलाई १५ लाखको चेक प्रदान गरिएको थियो । बीर नारी तुलमाया गुरुङ्ग, नरमाया गुरुङ्ग, नन्दकुमारी, अनिता देवी, सिभिल क्लर्क नरेश राईलाई उपहार र पुरस्कार प्रदान गरिएको थियो । शारीरिक विकलांग भई हिडडुल गर्न समेत कठिनाई व्यहार्र्देै आउनु भएका भिमबहादुर लिम्बु, हिराबहादुर सुनुवार, पुर्वाकर शर्मा, हर्कबहादुर प्रधान, रामकुमार राई, नरबहादुर राईलाई इलेक्ट्रिकल ह्वील चियर प्रदान
गरिएको थियो भने पुर्खबहादुर खत्री, सुरवीर तामाङ्ग, कर्णबहादुर गुरुङ्ग, बुद्ध तामाङ्ग, सिंहबहादुर क्षेत्रीलाई उपहार ज्याकेट प्रदान गरिएको थियो ।

सो अवसरमा डाइरेक्टर जनरल सिंहले आसाम राइफल्सका बीर शहीद योद्धाप्रति श्रद्धाञ्जली अर्पर्ण गर्दै भन्नुभयो आज हामी आसाम राइफल्सको नाम गर्वका साथ लिन्छौै । म ती सम्पूर्ण भूपू सैनिकहरुलाई स्मरण गर्र्दै छु जसले आफ्नो जीवनकाल पूरा गरेर वित्नुभयो । आज तपाईहरु र जीवन काल पूरा गरेर वित्नु भएका आसाम राइफल्सका योद्धाहरुकै कारण आसाम राइफल्सले इज्जत पाएको छ । इतिहास रचेको छ । भारतको दार्जीलिङ्ग, सिक्किम र नेपालको काठमाण्डौ, पोखरामा बसोबास गर्ने आसाम
राइफल्सहरुसँग भेटघाट, महत्वपूर्ण लोककल्याणकारी कार्यक्रमको घोषणा गरी धरान आउनु भएका जनरल सिंहले भन्नुभयो मलाई आज अत्यन्तै खुशी लागेको छ । तपाईहरुसँग भेटघाट गर्न आउँदा नेपाल घुम्ने अवसर प्राप्त भयो । नेपाल जस्तो पावन धर्ती, तीर्थ स्थल हेर्न पाउनु आफैमा गर्वको कुरा हो । अरु युनिटीका आर्र्मीहरुलाई यो अवसर प्राप्त हुदैन । गोरखा युनिटकाहरुकालाई मात्र यो अवसर प्राप्त हुन्छ । मलाई पनि यो मौका प्राप्त भयो, तपाइहरुको बीचमा आउन पाएँ र नेपालको दर्शन गर्न पाएँ ।
उहाँले भन्नुभयो आसाम राइफल्सको प्रमुख उद्देश्य बीर नारीहरुलाई हर तरिकाले सहयोग पु¥याउन सकियोस् । यो बर्ष हामीले ‘इयर अफ इनो’ का रुपमा मनाउने निर्णय गरेका छौं । हाम्रा जति पनि इनोकेज हुनुहुन्छ उनीहरुको रेखदेख गर्नु आसाम राइफल्सको कर्तव्य हो , आसाम राइफल्सको दात्यिव हो । भारत र नेपालमा टाढाटाढा बसोबास गर्ने आसाम राइफल्सहरुसँग कुनै न कुनै माध्यमबाट हामी पुगिरहेका हुन्छौं । उहाँहरुलाई एक ठाउँमा एकत्रित गर्छौै । उहाँहरुका गुनासा सुन्छौ र त्यसलाई समाधान गछौं ।
धरानमा यतिबेला २ हजार २ सय ३५ भूतपूर्व आसाम राइफल्सको बसोबास रहेको छ । अधिकांश भूपूहरुको कागजातमा कुनै न कुनै समस्या भएकोले सो को समाधानका लागि जनरल सिंहले आफूसँगै एउटा टोली समेत लिएर आउनु भएको थियो ।
जनर सिंहले भन्नुभयो आसाम राइफल्सल ESM सेवा सञ्चालनमा ल्याएको छ । जसका कारण मोवाइलबाटै तपाईहरुले आफ्ना गुनासाहरु फोन गरेर भन्न सक्नु हुन्छ । तपाईले आफ्नो समस्या आफ्नो युनिटमा राखेपछि युटिनका माध्यमबाट हामीकहाँ आइपुुग्छ । मोवाइलबाट गफ गर्न नसक्नेहरुले यहाँको डिफेन्स विंग्सलाई माध्यम बनाउन सक्नुहुन्छ । तपाईहरुका समस्या समाधान गर्नु हाम्रो प्रमुख कर्तव्य हो । यसका अलावा जानकारी नामको एउटा सानो पुस्तक हरेक तीन महिनामा हामीले प्रकाशन गर्न थालेका छौं । त्यसलाई फेसबुक र इन्टरनेटमा राखिएको छ । त्यसलाई पढेर पनि तपाईहरुले आवश्यक जानकारी लिन पाउनुहुन्छ । उहाँले भूपूहरुसँग आग्रह गर्दै भन्नुभयो तपाईहरु जिज्ञासु र जागरुक हुन आवश्यक छ । तपाईहरु ६० वर्षमा रिटायर्ड भएर आउनु हुन्छ । A lde Back Attitude अर्थात काम पूरा भैहाल्यो, पेन्सन आइहाल्छ भनेर घरमा बस्नु हुन्छ । हो ६० बर्षको मान्छेले नोकरी गर्न सक्दैन । शोसल लाइफ हुन्छ, समाजको लागि केही गर्नुपर्छ,, देशको लागि केही गर्नुपर्छ । तपाईहरु एउटा यस्तो फोर्स हो जसले घरमा बसेर पनि केही न केही गर्न सक्छ । अरुकालागि नभएपनि आसाम राइफल्सका बीर नारी, उनीहरुको बाल बच्चाका लागि सहयोगी बन्न सक्नु हुन्छ ।
उहाँले भन्नुभयो सेभेन पे कमिशनको अधारमा तपाईहरुले पनि चाँडै सेवा सुविधा पाउनुहुन्छ । त्यसको रिभिजन जारी छ । यसमा केही समय लाग्छ । तपाईहरुको तलब, पेन्सन बढेपछि त्यसलाई सही सदुपयोग गुर्नुहोस् । दुई बर्ष पहिला पनि आसाम राइफल्सको डिजी यहाँ आएर तपाईहरुका समस्या लेखेर लैजानु भएको थियो । २८३ वटा त्यस्ता समस्या मध्ये २१४ वटाको समाधान भइसकेको छ । बाँकी पूरा गर्न हामी प्रयास गरिरहेका छौं । हामीले डिफेन्स विंग्सलाई आग्रह गरेर, तपाईहरुसँग मान्छे पठाएर हामी समस्या समाधानमा लागेका छौं । सन् २०१८ मा नेपालमा बसोबास गर्ने आसाम राइफन्सलाई १ करोड ग्रान्ड दिइएको थियो भने यो बर्ष ८४ लाख बाडिएको छ । उहाँले भन्नुभयो पोखरामा कसैले १९९३ देखि पेन्सन पाएको थिएन । मैले उहाँहरुको समस्या समाधान गरिदिएको छु । यस्तो समस्या नेपालमा मात्र नभएर भारतमा पनि छ ।सन् १९७१ देखि पेन्सन नपाएका आसाम राइफल्सका भूपूको कागजात दुरुस्त गरेर उनका विद्यवालाई पेन्सन दिएका छौं । आज म एउटा मुद्धा लिएर आएको छु जसले ८, ९, १०, ११ बर्ष देखि पेन्सन पाउनु भएको छैन यहीबाट समस्या समाधान गर्छु । यहाँबाट सम्भव नभए सिलोङ्ग पुगेर भए पनि गर्छु । समस्या समाधान पश्चात कसैले १५ लाख, कसैले २० लाख पाउनुहुन्छ । तपाईहरुलाई मेरो आग्रह छ त्यति ठूलो रकम पाएपछि त्यसलाई सही सदुपयोग गरिदिनुस् । ECHS का सम्बन्धमा समेत उहाँले आसाम राइफल्सका भूपूहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले आग्रह गर्नुभयो तपाईहरु ECHS मा नाम लेखाउनुस् । आसाम राइफल्सका भूपूहरुलाई कुनै मेसिनको वा उपकरणको जस्तै एक्सरे वा अन्य कुनै चाहिएमा प्रोभिजन बनाएर पठाउनु होस् हामी उपलबध गराउँछौं । हाल किड्नीका विरामीहरुका लागि डाइलासिस मेसिन उपलब्ध गराएका छौं । त्यो पोखरा, काठमाण्डौ जहाँ राखे पनि तपाईहरुले त्यसबाट सुविधा लिन सक्नु हुन्छ । यसका अलावा आसाम सिलोङ्गमा आसाम राईफल्सका नानीहरुका लागि स्कुल छ, दिल्लीमा समेत यस्तै प्रकारको स्कुल छ । तपाईहरुले आफ्ना नानी त्यहाँ पढाउन चाहेमा छुट र सुविधा पाउनु हुनेछ ।
यसैगरी भारतीय राजदूतावासका डिफेन्स एचाटी कर्नल अभिनिस चाम्विलले आसाम राइफल्सका भूपूहरुलाई स्वागत गर्दै भन्नुभयो आसाम राइफल्स भारतको सबै भन्दा पुारानो पारा मिलिटरी फोर्स हो । यो १८३४ मा गठन भएको र १८४ बर्ष पुरानो हो । १८४ बर्षमा आसाम राईफल्सले भारतको सीमा सुरक्षा, नागरिक सुरक्षा मात्र गरेको छैन जति पनि वाह्य दुस्मनसँग लडाई भएको छ त्यो सबै यसको उपस्थिति रहेको छ । उहााँले भन्नुभयो आसाम राइफल्सका लागि तपाईहरुले आफ्नो जीवन दिनु भएको छ । उहाँले भारत सरकारका तर्फबाट आश्वासन दिँदै भन्नुभयो अब जीवनको यो कालखण्डमा तपाईहरुको रेखदेख भारत सरकारले गर्छ । कार्यक्रममा आसाम राइफल्सका चीनबहादुर राईले धन्यवादज्ञापन गर्नुभएको थियो ।
