गनगने थापाको चुनौति
हिजोका अण्डा आजका चल्ला माने गनगने थापा । भुत्लोभाङ्ग केही नापी सार्ने हैनन् तित्राजस्तै ट्याउा ट्याउा गरे सिद्धियो । नेपाली कााग्रेसको युवा नेताको पगरी गुथेका गनगने थापा माने गगन थापाले अस्तिका दिन पश्चिमतिरको खै कुन ठाउामा पुगेर हो कुन्नि भनेछन् माउवादीले आफ्नो घोषनापत्र च्यातेर टुाडिखेलमा लगेर जलाउनुपर्छ । माघ ८ गते संविधान जारी गर्छौ लेख्ने माउवादी यतिबेला घोषनापत्र विर्सेर आन्दोलनमा गएको छ । हैन हौ गनगने थापालाई के मतलब हा ? माउवादी आन्दोलनमा जाओस् कि घरमा पल्टियोस् ? फेरि प्रचण्डाउ जस्ता मान्छेलाई गनगने थापाले चुनौति दिएको अलि हजम भयो जस्तो लागेन । एउटा बोलेर अर्को काम गर्ने प्रचण्डाउको बानी गर गनगने काजीलाई अझै पत्तो रै’नछ । त्यसैे आाची कोट्याउादा आफैलाई गन्हाउाछ भन्ने कुरा गनगने काजीलाई कसैले बुझाइदिए बेशै हुन्थ्यो ।
बादिगौ गएछन्
माघ ८ आउनु अगावै मुलुकमा राजनैतिक पागलहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको देख्दा घण्टाघरलाई आश्चर्य चकित भएको छ । अब हेरौ न उपप्रधानमन्तरी तथा झालेमालेका उपाध्येक्षे बादेगौलाई । अस्तिका दिन नेपालगञ्जतरि पुगेर बादेगौले फलाकेछन् माघ ८ गते संविधान आउाछ स्वागतका लागि तयार भएर बस्नु । बादेगौ अबचाहिा पक्कै खुस्किकएछन् । त्यत्रा ३० दलीय मोर्चा, आदिवासी जनजाति, वैधाउ, नेत्रविक्रम चन्द लगायतले संविधान जारी भए जलाउाछैं, च्यात्छौ भन्दैछन् । बादेगौचाहिा स्वागत गर्न तयार हुनुहोस् भन्छन् । यिन्ले त एक आपसमै जुधाउने, भिडाउने प्रपञ्च गरेर अफूचाहिा ताली पिटेर बस्ने सुर पो ल्याउत । जाबो एकथान संविधान आओस कि नआओस् । तर माघ ८ पछि संविधान बनाउछम भनेर गएकाहरु कन्पारामा जन्ताले गुलेली हानेर टुटुल्का चाहिा बरुरुरु उठाइदिन्छन् ।
पागल र सर्प
झालेमालेका सभासद वंशीधर मिश्रा र राजेन्द्र पाण्डेको मति खुस्किएको देख्दा घण्टाघर तीन छक्क पर्या छ । हिजोआज त यिन्लाई नेपाली जनताले सभासद नभनेर मेडिकल माफियाका रुपमा चिन्न थाल्या छन् । गोविन्द केसीस्ता समाजसेवी डाक्टरलाई यी दुईले पागल र सर्प भनेछन् । मनमोहन मेडिकल कलेजमा राज्यको ढुकुटी लुटेर अरबौको खाएका पाण्डे र मिश्राले केसीकै कारण सम्बन्धन लिन नसकेपछि विचारलाई पागल र सर्प भन्या रै’छन् । हैन हौ त्यो अख्तियार पनि के भद्रो हेरेर बस्या होला ? त्यत्रो कलेज खोल्न झालेमालेका टकनटाकसाग पैसो कहााबाट आयो हा ? अस्तिनै त अख्तियारका लोकमान वडो फूर्ति लाउथे अब झिागे र पुइय्याा माछा हैन ठूलै माछा समाउाछौं भनेर । अहिले मिश्रा र पाण्डेले आ वैल मुझे मार भनेर हाक्काहाक्की चुनौति दिइरा’छन् । लोकमान पनि नाम मात्रका लोकमान हुन कि क्या हो ?
वेकामे नारायण
सहरी विकास मन्त्रालयका मुखिया बनेका डा. नाराण्ण खड्काले आफ्नै पाखुरीले निर्माण भएका खानेपानी संस्थान लगायतका संरचना धमाधम कमिशन कुम्ल्याएर एडिवीलगायतका संस्थालाई विक्री गरेको कतैबाट छिपेको छैन । आÏना मतियारको सलहमा आफ्नै स्रोत साधन त विदेशीको जिम्मा लगाउने खड्काले अरुलाई अर्ति दिएको देख्दा घण्टाघरलाई अस्तिका दिन भित्रैदेखि कुरी लागयेर आयो । इटहरीमा आएर उन्ले प्रचण्डाउलाई प्रचण्डाउलाई अर्ति दिएछन् । उन्ले द्वन्द्व र काटमारको भाषा नबोली लोकतान्त्रिक शैलीले बोल्न प्रचण्डाउलई अर्ति दिएको पटक्कै सुहाएन । एउटा भ्रष्ट र कमिशनको चक्करुमा दौडाने भन्दा प्रचण्डाउको थुचुनै वेश । जबरजस्ती संविधान ल्याए धुजाधुजा पारेर च्यात्छौ, जलाउाछा भन्न लोकतन्त्रमा पनि नपाइने ? लोकतन्त्रमा योचाहिा अलि हजम भएन है खड्का ज्यू ।
सुचनेको फुइँ
संविधानसभाका थुतुने उर्फ सुचने अस्तिका दिन फुई लगाएको देख्दा घण्टाघरलाई कुरी कुरी लागेर आयो । सुचनेले आफूलाई असीमित अधिकार दिए माघ ८ गते नै संविधान दिन सक्छु भन्दै लााग्रेस, झालेमाले, माउवादी र मधेशी नेताहरुसाग फुइा लगाएछन् । सुचनेको कुरा सुन्दा दलका नेताहरुको रनक्क कन्सिरी
रन्किएकछ । एक्लै संविधान बनाउन सक्ने भए त्यत्रा ६०१ जनाको जम्बु टोली किन चाहिन्थ्यो । हैन हौ ती सुचनेलाई हुटिट्याउले झै एक्लै सागर थाम्या छु भन्ने लाग्या छ कि क्या हो हा ? लगाटीको जुम्रा टाउकोमा पुगेपछि बढी सक्सकाउाछ भन्थे हो रै’छ । नत्र संविधान बनाउन गएका त्यत्रा सभासद हुादा हुादै यिन्ले कसरी भन्न सक्थे ?
छले सिके राउतले
गणतन्त्र नेपाललाई कम्ता फाप्या छैन । जसले जे गर्दा नि हुने व्यवस्था भन्या गणतन्त्र नै हो कि क्या हो ? हिजो नेताहरुले फुत्तफुत्ति गोजीबाट संघीयता बााडे । औालो दिादा डुडुलो निल्ने भनेझै कोही कोही यतिबेला दशै माग्न थाल्या छन् । गणतन्त्रकै आडमा यतिबेला सिके राउतले छुट्टै मधेश देश नै माग्न थाल्या छन् । अस्तिका दिन मधेशीलाई मधेश देश चाहियो भन्दै विराटनगर मिल्स एरियामा आमसभै गरेछन् । जुन थालमा खायो त्यही थालमा विस्ट्याउने अर्थात जुनदेशमा जन्मिए हुर्किए त्यही देशलाई गाली गर्दै छुट्टै देश मागेपछि प्रहरीको कन्पारो तातिएछ । जमाएर दिएछन् तिन्का दुई चारजना कार्जेकतालाई भाटा । जुन कोखबाट जन्मियो त्यही कोख चिथोर्ने सिकेलाई पाता कसेर घिसार्नुपथ्र्यो । विचारा पुलिसले दुईचार भाटैमा चित्त बुझाएछन् ।
फेरि ढाँटका कुरा
अरु त त्यस्तै हो हाम्रा पर्धानमन्तरी सुशिल दा’ले चाहिा कसैलाई नढाट्लान् भन्या अस्तिका दिन गजबैले ढाटिदिए । दा’ले भन्या दलहरु संधिान बनाउन सकारात्मक भएका छन् दुई तीन दिनमै कुरा मिल्थ्यो भने यत्तिका दिनसम्म दलहरु के पापा हेरेर बस्या थे ? अब त बूढौलील्े छपम्कै छोपी सक्या छ । ढाट कुरा गरेर किन जोकर बन्न खोज्या होलान दा’ले । घण्टाघरले नबुझेको कुराचाहिा के हो भने यो संविधान कस्ले बनाउने ? दलले कि सभासदले ? दलले बनाउने भए फुइय्याा खान त्यतिका खर्च गरेर संविधानसभाको चुनाउ गर्या ?
अन्तेमा
नेक्पा माउवादीका अध्येक्षे वैधाउ तंग्रिएछन् । विरामी भएर हस्पिटल भर्ना भएका वैधाउलाई अस्पतालले तंग्रिएको भन्दै घर पठाइदिएछन् । बरु डाक्टरहरुले वैधाउलाई माघ ८ गतेसम्म हस्पिटलमै राख्द्या भे नि त हुन्यो । अब तंगिइ्रएर बाहिर आएसी बूढाले उत्पात्तै मच्चाउलान् जस्तो छ ।
