दिग्गज भारतीय गजल उत्साद मिर्जा गजबको सम्झना

राजधानी/भारतीय राजदुतावास, बीपी कोइराला भारत नेपाल फाउन्डेशनले गत मंगलबार राजधानीको न्यूरोडस्थित नेपाल–भारत पुस्तकालय भवनमा आयोजना गरेको पोयमान्डुको २३ औं संस्कणमा दिग्गज भारतीय गजल उस्ताज मिर्जा गालिवका रचना वाचनसागै भावपूर्ण श्रवण र सम्झना गरिएको छ ।
पोयमाण्डुको २३ औं संस्करणमा उपस्थित सर्जकहरुले गालिवका सम्बन्धमा लेखिएका साहित्यिक कृति, कविता र गजल सुनाइएको थियो । नेपालका मुर्घन्य कवि, आलोचक, फिल्म निर्माता तथा गीतकार चेतन कार्की र प्रकाश सायमीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । उहााहरुले विख्यात गजलकार गालिवका विविध आयामका बारेमा बोल्नुभएको थियो ।
सो अवसरमा बोल्दै गीतकार चेतन कार्कीले भन्नुभयो, उर्दु र फारसी भाषा बुझ्न सजिलो छैन । गालिवको गजलमा उर्दु र फारसी भाषाको समिश्रण छ जसले उहााका गजलहरुलाई मिठासमात्र बनाएको छैन संसारभरि लोकप्रिय समेत बनाएको छ । अलिकति उदुई भाषा जान्दैमा कसैले गजल लेख्न सक्दैन र गालिवलको बोलीमा अद्वितीय प्रभाव थियो । यसैगरी प्रकाश सायमीले भन्नुभयो, गालिवका रचना बुझ्न भगवानलाई पनि कठिन पथ्र्यो । गालिव कुनै एक धर्म, बोलीका मानिससाग सम्बन्धित हुनुहुन्थेन । उहााले सबै धर्म, सम्प्रदायका मानिसहरुको हृदय छुने ढंगले गजल लेख्नु भयो । उहााले गालिवका बारेमा लेखिएको एउटा कविता समेत सुनाउनुभयो ।
कार्यक्रममा बीपी कोइराला
भारत–नेपाल फाउन्डेशनका सचिव एवम् बरिष्ठ कवि अभयकुमारले जीवन र दृष्टिका सम्बन्धमा चर्चा गर्नुभएको थियो । उहााले आफ्ना कविता मार्फत यही कुरालाई सम्बोधन गर्नुभएको थियो । उहााले पोयमाण्डुको २३ औं संस्करणमा उपस्थिति हुनुभएका दर्शक, स्रोत तथा सर्जकहरुलाई धन्यवाद दिनुभएको थियो । यसभन्दा अगाडि गायक शैलेश सिंह र प्रवीण बराइलीले गालिवका गजलहरु गाएर सुनाउनु भएको थियो । कार्यक्रममा गीता त्रिपाठी, गोपाल अस्क, टंक ढकाल, मुरारी सिग्देल, उदयचन्द्र दाश, ज्ञानु वाकर पौड्याल, रवि प्राज्जल र सुमिलोहनीले मिर्जा गालिवको स्मरण गर्दै कविता वाचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया