धरानमा पहिलो पटक यामाहाको महामेला

धरान÷भारतको चर्चित सफल मोटर साइकल कम्पनीबाट उत्पादित यमाहा मोटर साइकलको धरानमा चारदिने महामेला शुरु भएको छ ।
आधा दर्जन भन्दा बढी मोडलका यामाहा मोटर साइकल र स्कुटी सहित धरानको छाताचौकबाट शुरु भएको महामेलाको सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरीधारी सापकोटाले एक औपचारिक समारोहबीच मंगलबार उद्घाटन गनुभयो ।


नेपालीहरुको महान पर्व विजया दशर्मी र शुभ तिहार नजिकिदै गरेको अवस्थामा ग्राहकहरुको रुचिलाई ध्यानमा
राखेर यमाहा महामेलाको आयोजना गरेको यमाहाका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका प्रभाव खतिवडाले जानकारी दिनुभयो । भादै्र १७ गतेदेखि भाद्र २० गते सम्म सञ्चालन हुने यमाहा महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको न्यूनतम मूल्याकन रु ३० हजार रहको छ । यसका अलावा थप मुल्ल्यांकन रु १५ हजार, नगद रु ७ हजार देखि १ लाख सम्म स्क्रयाच कुपन मार्फत छुट, प्रत्येक दिन हुने लक्की ड्रमा १ लाख नगद उपहार, ई फोन एक्स समेत उपलब्ध गराइने भएको छ । यसका अलावा पत्येक खरिदमा आकर्षक उपहारहरुमा हेलमेट, लेगार्ड, बाइक कभर, स्र्पोट्स व्याग, रेनकोट सितैमा उपलब्ध गराइने भएको छ । यसैगरी कुनै पनि वाइक तथा स्कुटरको फ्रिचेक अफ, Food court, Daily Quiz Programme, Pidining Competition गरिमा डान्स सेन्टरका कलाकारहरुले चारदिनसम्म गायन तथा नृत्य प्रस्तुत गर्ने भएका छन् ।
यसभन्दा अगाडि यमाहा महामेला काठमाण्डौ, पोखरा, भैरहवा, विराटनगरमा मात्र आयोजना हुदै आएका थिए । कम्पनीले मेला अवधिभरि ७०वटा बाइक तथा स्कुटर विक्रीको अफर दिएपनि धरानमा यो संख्या २ सय भन्दा बढी पुग्ने खतिवडाले दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया