धरानमा मोतिराम भट्टको १५४ औं जयन्ति मनाइयो

अचल झण्डा फर्कोस फर फर गरी कान्तिपुरमारिपुको मन थर्कोस थर थर गरी छिन घरिमा माथि उद्यृत कविताका पंक्ति युवा कवि मोतिराम भट्टका कालजयी मानिन्छन् । आजभन्दा १२५ बर्ष अगाडि युवा कवि मेतिराम भट्टले लेख्नु भएको कविताका पंक्ति आज झन झन सान्दर्भिक देखिएका छन् । कविताका पंक्तिले आजपनि सास्वत सत्यलाई उजागर गरेको छ । यद्यपि उहिलेका रिपु र अहिलेको रिपु बीचमा अन्तर अवस्य छ ।
अहिलेको जनताका रिपुहरु व्याप्त भ्रष्टाचार, विसंगति र विकृतिमा मुछिएका छन् भने उहिलको रिपुहरु देश र जनतालाई आफ्नो कर्तव्यको धर्म मान्थे । यी प्रसंगहरु कोट्याउने अक्सर मोति संस्मरण समितिले आयोजना गरेको १५४ औं मोति जयन्तिले दिएको हो । आयोजित कार्यक्रममा सम्बोधन गर्ने स्रस्टाहरु सबैले सामाजिक उत्थानमा प्रत्यक्ष दुष्प्रभाव पार्नेहरुका विरुद्धमा कलम चलाउनुपर्ने कुरामा जोड दिएका
थिए । धरान उपमहानगरपालिकाको हाताभित्र रहेको अस्तव्यस्त मोतिराम भट्टको शालिकमा माल्यार्पण पश्चात ३१ जना कवि तथा कवियत्रीहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा त्यो जुरेली चरीको शीर्षकको समास्या पूर्ति कविता सहित अन्य कविता वाचन गर्नेहरुमा बरिष्ठ कवि मान बज्राचार्य, सिद्धिकर्ण शर्मा, गोविन्द तिम्सिना,प्रा.डा. भीम खतिवडा, गिरिराज आचार्य, डा. खेमराज खनाल, मच्चिन्द्र खत्री, गोपाल प्रयास, मणि राई गोठाले, श्रेष्ठ परिक्रमा, जय श्रेष्ठ शान्ति, प्रफुल्ल भण्डारी, जनार्जन वस्ती, भरतमणि भट्टराई, सुजिता शाक्य, मिठु खत्री, सुमित्रा शाक्य आदिले वाचन गरेका थिए । प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापत्वि गोविन्द तिम्सिनाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया