हराएको मोवाइल सम्बनिधत धनीलाई फिर्ता

धरान÷ चोरी भएका तथा हराएका मोवाइलहरु प्रहरीले फेला पारी सम्बन्धित मोवाइल धनीलाई फिर्ता दिएको छ ।
प्रविधिको विकाससंग हराएको प्रहरीको सक्रियतामा भेटेर सम्बन्धित मोवाइल धनीलाई फिर्ता दिएको हो ।
दिनप्रतिदिन मोवाइल हराउन थालेपछि प्रहरील आएएमई नम्बरबाट धेरै मोवाइलहरु फेला पारी मोवाइल धनीलाई नै फिर्ता दिन थालेको छ । यसले गर्दा मोवाइल हराउन साथ प्रहरीमा उजुरी दिने क्रम समेत बढ्दै गएको छ ।
पछिल्लो पटक धरान प्रहरीले हराएका तथा चोरी भएका २१ वटा विभिन्न ब्राण्डका मोवाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । ०७५ चैत्रदेखि ०७६ भदौसम्म हराएर निवेदन दिएका मोवाइलहरु फिर्ता दिएको हो ।
हराएका मोवाइल १२ हजारदेखि १ लाख ३० हजार मूल्य बराबरका छन् । चाडपर्वको समयमा चोरीका घट्ना बढेसंगै प्रहरीले सक्रियता देखाउन थालेसंगै आइएमकीको माध्यमबाट मोवाइल फेला पारेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताउनुभयो । उहाले विगतमा आएका निवेदनका आधारमा खोजतलासी गर्दा विभिन्न व्यक्तिको ५ लाख ७ हजार बराबर मूल्य बराबरको २१ वटा विभिन्न ब्राण्डका मोवाइल फिर्ता दिएको बताउनुभयो ।
चोरी तथा हराएका मोवाइल फेला पर्न थालेपछि भने सर्वसाधारण खुशीले गदगद् भएका छन् । हराएको सामान भेटइन्छ भन्ने आशा अलिकति नभएको बेला प्रविधिको विकासंगै प्रहरीले खोज कार्यलाई तिब्रता दिएर सम्बन्धित पक्षलाई फिर्ता दिनु प्रहरीको सक्रियताप्रति प्रशंसा गरेका छन् । घरमा जमघटको कार्यक्रमा जेष्ठ १७ गते १ लाख ३० हजार बराबरको आइफोन हराएको र अहिले फेला परेकोमा धरान धरान १६ का एक राज राई खुशी व्यक्त गर्नुहुन्छ ।
प्रहरीको यो कार्यप्रति सर्वसाधारणले प्रशंसा गरेका छन् । असार २९ गते पिण्डेश्वर चौकबाट १३ हजार बराचबरको सामसुङ मोवाइल
हराउनु भएका धरान १० का भुपेन्द्र देवानले हराएको मोवाइल भेटिन्छ भन्ने एकरति विश्वास नभएको बेला प्रहरीले भेट्टाएर फिर्ता दिएकोमा
प्रहरीलाई धन्यवाद दिनुभयो ।
प्रहरीले सक्रियता देखाएसंगै हालसम्म करिब २ भन्दा बढी मोवाइल फेला पारी सम्बन्धित पक्षलाई बुझाइसकेका छ भने मोवाइल चारी गर्नेलाई समेत प्रक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ ।

तपाईको प्रतिक्रिया