एक घण्टाभित्र कार्वाही रे
यो मलुकाँ कमाउनिस्टहरु खोक्नचाहिँ सक्ने हुन वा † हुन त कमाउनिस्ट हुनलाई सर्टिफिकेट नै खोक्ने कलामा पारंगत भा’कालाई मानिन्छ । अब हेरम न हाम्रा प्रदेश नं. १ का मुख मन्तरीलाई । नामचाहिँ शेरधन कामचाहिँ फिटिक्कै मुसो मार्न नि नसक्ने रै’छन् । तै पनि गफचाहिँ आकाशै छेडौला झै गर्छन् । अस्तिका दिन तिन्ले एक ठामा गएर दह«ै खोकेछन् । भ्रष्टाचार गर्नेलाई एक घण्टाभित्रमा कार्वाही गर्छु भनेछन् । कति हाँस्नु मुख मन्तरीको खोकाई सुनेर आजसम्म कसैलाई कार्वाही गरेको घण्टाघरलाईचाहिँ हेक्का छैन । स्थानीय निकाय, यातायात, मालपोत, भूमिसुधार, राजस्व कार्जालयमा माल नदिए कामै हुँदैन । माल खानु भष्टाचार होइन क्यारे । नत्र मुख मन्तरीले एक घण्टाभित्रैमा कार्वाही गर्नुपर्न हो । भष्टाचार गर्र्ने, घुस खानेले एक घण्टा भित्रमा आफूलाई जानकारी दिनु भन्या हो कि ? नत्र नाकै अगाडि क्वाप्प क्प्वाप्प माल बजाउनेहरु जुँगामा ताउ लगाएर हिडने थिएनन । जे होस् कमाउनिस्ट मुँख मन्तरीको लिला अपरम्पार छ ।
दल छैनन् दलाल छन् रे
नेकपाका अछामे नेता भीम रावललाई कहिलेकाँही उल्का पातले छुन्छ कि क्या हो ? कहिले पर्धानमन्तरीको लगौटीको इँजार छिनिउन्ज्याल विरोध गर्छन्,कहिले प्रचण्डाउलाई सर्वाङ्ग नांगो बनाउँछन् । फेरि के कुरामा ठाकठुक
कुरा मिल्छ गोडा दुईतीनेक हप्तासम्म थुतुनोमा पट्टी बाँधेर बस्छन् । अस्तिका दिन के उल्का पातले घडेको छाडेको थियो कुन्नि प्वाक्क भन्दिए राजाबाहेक यो देश अरुले चलाउनै सक्दैन । यहाँ दल छैनन् दलाल मात्र छन् रे । यहाँ यत्रा भाँडिम दलहरु छन् तर उन्ले देख्दै देखेनछन् । दलका सबै नेतालाई उन्ले दलाल मात्र देखेछन् । रावलका आँखै दोषी रै’छन् । नत्र उन्ले त्यसो भन्नु नपर्ने हो । रावलकाजी कहिलेदेखि राजावादी भएछन् कुन्नि † अब जन्ताले दूधको दूध पानीको पानी छुट्याउनुपर्ने बेला आएजस्तो छ ।
घोषना हुन बा“की छ
राप्रपाका एक सिटे सांसद राजिन्दर लिंगदेनले अस्तिका दिन भन्या खप्रओको दुई तिहाइको सरकार ढलिसक्या छ । अब घोषना हुन मात्र बाँकी छ रे । कस्ले भन्यो तिन्लाई सरकार ढलिसक्यो भनेर ? खप्रओ उपचार गरेर फर्केसी’ देखाइ देलान् नि तोरीको फूल । न ढलेको सरकारलाई नि ढलिसक्यो भनेर त भन्नु भएन नि † ढल्या भए खप्रओले भिडियोबाटै मन्तरी परिषदको बैठकको मन्तरी परिषद्कै बैठकको अध्येक्षता गर्थे त ? भिडियोबाट त्यत्रो हाइहेलो गरेको नि लिंगदेनले देखेनछन् कि क्या हो ? फेरि सरकार ढलिसक्यो भनेर घोषना कस्ले गर्ने ?
राष्ट्रपतिले हो क्यारे । तर राष्ट्रपति खप्रओको आफ्नै आद्मी हुन । उन्ले सरकार ढलिसक्यो भनेर घोषना गर्ने कुरै भएन । बाँकी कुनचाहिँ माइकालालको ताकत छ सरकार ढलिसक्यो भनेर घोषणा गर्ने ? लिंगदेनले नि हावैको गफ द्या हुन कि क्या हो ?
सडकमा जानु खतरा रे
नेप्लिज लाँग्रेसका नेता शेखराउले भन्या न्याये माग्न नागरिक सडकाँ जानु लोकतन्त्रकालागि खतरा हो रे । हैन हौ तिनका बुद्धिले ठाउँ छाडेछ कि क्या हो ? सरकारले न्याये दिँदैन, प्रहरी प्रशासनले न्याये दिँदैन, अदालतको समेत ठेंगा देखाइदिन्छ । ंसंवैधानिक बाटाहरु सबै बन्द भएसी नागरिक कहाँ जाने ? सडकमा आउनु परेन ? सडकमा आउँदा लोकतन्त्रमा खतरा हुन्छ रे । न्याये नपाउने लोकतन्त्र जन्तालाई चाहिया छैन । लोकतन्त्र नेताहरुका लागि पो हो त ? अन्डकोष सुन्नियो भने सिँगापुर, स्याँक्क हाच्छिउ आउँदा थाइल्याण्ड, आँखा झिम झिम भएमा अम्रिका जान पाउने नेताहरुलाई मात्र लोकतन्त्रा चाहिया हो । कि कसो हौ ?
मामाके घोडी मेरे हिही
ताप्लेजुङ्गे भट्टराइ ठिटो कास्केली रविन्द्र अधिकारीको अपुताली खान थालेसी भैमा न भाँडामा भएको छ । अपुतालीमा पर्यटन मन्त्रीको चिट्टा परेसी पशुपति नाथमा पूजा हुनु अगाडि राष्ट्रिय गीत बजाउन, ७० बर्षको बृद्धबृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्देशन र घोषणा गरेछन् । कुन दिन पशुपति नाथमा कम्निष्टको अन्तर्राष्ट्रिय गीत बजाउन निर्देशन दिने हुन । हैन हौ सरकारले टन्न जहाज किनेर बृद्धबृद्धालाइ छुट दिने घोषना ग¥या भे तै बरु तै भन्नु । मामाके घोडी मेरे हिही भन्या यही हो । निजी क्षेत्रले ५० प्रतिशत छुट किन दिने ? तिन्लाई पनि खप्रओ बाकै रोगले गाँजेछ । ताई न तुइको गफ ग¥यो साह«लाई च्यापु खुस्कने गरी हँसायो ।
खुस्के कि क्याहो ?
सूचना तथा सञ्चार मन्तरी गोपले बास्कोटा खुस्केछन् कि क्या हो ? रंग न ढंगका गफ द्या छ, जन्तालाई उल्लु बनाएका छन् । अब हेरम न संविधान दिवसका दिन सार्वजनिक विदा हुन्छ । पहिला नि हुन्थ्यो अहिले पनि हुन्छ । संविधान दिवसमा दिइने विदामा कर्मचारीहरुले गर्लफ्रेन्ड डुलाउन, व्याई फ्रेण्डसँग डुल्न, वियर रक्सी नखान निर्देशन दिएछन् । विदा भएसी जे सुकै गरुन, जतासुकै जाउन तिन्को खप्पर किन तात्तिएको ? संविधान दिवसको विदा उन्ले दिए जस्तो पो गर्दैछन् । जाँड खाऊने कि, गर्ल फ्रेन्ड्सँग डुलुन कि व्याईफ्रेन्डसँग डुलुन तिन्लाई लुतो न कन्याई । संविधान दिवसका दिन संविधानका बुँदा घोकेर कण्ठस्थ बनाउनुपर्ने हो कि ? वाहियात ।
चीनतिर चेलीहरु
नेपाली चेलीहरुको तस्करी अब चीनतिर हुन थालेछ । स्वाँठ चिनियाँहरुलाई दलालहरुले दुलाहा बनाएर चेलीबेटीको धन्दा चलाउन थाल्या रै’छन् । पहिला अरु अरु देशमा नेपाली चेलीहरुको तस्करी हुने गथ्र्यो । अब भने चीनतिरै हुन थालेछ । नेपालका कमाउनिस्टहरुको लगनगाँठो उत्तरतिर बढ्दै गएको छ । दलालहरुले नि उत्तरतिरकै ज्वाई खोज्दै आफ्नो धन्दा शुरु ेगरेछन् । आखिरी जसरी भए पनि धन्दा चलाउनु त हो । चमडी जाए पर दमडी नजाए भन्ने उखानलाई दलालहरुले राम्रै मनन गरेका रै’छन् । यस्तो गज्ज्बको धन्दामा उपरको आर्शीवाद त पक्कै होला, हैन नसकिने भयो ।
वाइडवडी नै गायब
नेप्लिज लाँगेसको केन्द्रीय बैठकमा यस पटक वाइडवडीको नामै गायव बनाएछन् । वाइडवडीको सट्टामा ठूला जहाज भनेर लेखेछन् । त्यसरी किन लेख्या होला ? त्यसको ग्राइन डिजाइनर को होला भनेर घण्टारघरलाई खस खस नलाग्ने कुरै भएन । लाँग्रेस सभापति स्यालबहादुरको नाम समेत वाइडवडीको खान्ते पिन्तेमा जोडिएकोले ठूला जहाज भनेर
लेखेछन् । यसका ग्राइन डिजाइनचाहिँ स्यालबहादुरका भृंगी प्रकाश शरण महत न रै’छन् । यसको सबै केन्द्रीय सदस्यले ¥याक ¥याक पारेपछि तिन्को ओठ मुख कलेटी परेछ । पर्तिपक्षेमा हुँदा त यसो गर्छन् झन सत्तामा भा’ भए के गर्थे होलान् ?
