के सा“च्चै मुलुकमा न्याय हराएकै हो ?

राजनैतिक अस्थिरताको पहिलो प्रहार न्याय क्षेत्रमा पर्छ । यो विश्वव्यापी मान्यता हो । कहिले कथित सशस्त्र जनयुद्ध, कहिले प्रजातन्त्रको स्थापना , कहिले गण्तन्त्रको स्थापनाका लागि भएका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीमा एउटा सीमित वर्गको सत्तामा निरकुंशता हावी हुँदा न्याय प्रणाली नै ध्वस्त हुने गरेको नेपालको सन्दर्भमा प्रमाणित भएको छ ।
पछिल्लो पटक न्यायकै लागि नेपाली नागरिक सडकमा आएका छन्, नागरिकलाई सडकमा आउन शासकहरुले बाध्य बनाएका छन् । कहिले नागरिकलाई धर्मको नाममा सडकमा उतार्ने काम गर्छ, कहिले संस्कृति र परम्पराका नाममा सडकमा उतार्न बाध्य बनाउँछ त कहिले बलात्कार र हत्या त कहिले भ्रष्टाचार र अनियमितताका नाममा सडकमा उतारेर शासकहरु मनोरञ्जन लिने काम गर्छन् । लोकतन्त्र गणतन्त्रको बाउन्ड्री भनेर व्याख्या गरेझै यो सबै कर्तुत अधिनायकवादतर्फ उन्नमुख मार्ग हो ।
अन्तत ःतानाशाह जतिसुकै शक्तिशाली भएपनि पतन अवश्सम्भावी हुन्छ । एउटा निश्चित समयसम्म उसले राज्य शक्तिको दुरुपयोग गरेर आफूलाई स्थापित गराउँछ । तर नागरिक जागेको दिन उनीहरुले लुक्ने ठाउँपनि पाउँदैनन् । विश्व इतिहासले यस कुराको प्रमाणित गरिसकेको छ । बडे बडे तानाशाहरुले सहज मुत्युवरण गर्न समेत नपाएको इतिहासले देखाउँछ । यी प्रसंग यहाँ कोट्याउनुको प्रमुख उद्देश्य नेपालको वर्तमान न्याय प्रणालीलाई लिएर मुलुकभरि भइरहेको जनआक्रोसको शुरुवात हो । राज्यले चाहेमा अपराधीलाई पनि निअपराधी र निअपराधीलाई पनि अपराधी सावित गर्न सक्छ । सञ्चारकर्मी रवि लामिछाने निर्मला हत्या प्रकरण, सर्लाहीका विप्लव कार्यकर्ता गणेश घिमिरेको बर्बर हत्यालाई लिन सकिन्छ ।
तानाशाहहरु त्यतिबेला बलिया हुन्छन् जतिबेला त्यस देशको सञ्चारमाध्यम कमजोर हुन्छन्, सञ्चारकर्मीलाई कमजोर बनाइन्छ । सञ्चार जगत सवल, सक्षम र बलिया भए भने तानाशाह उदयको सम्भावना नै हुँदैन र मुलुक अधिनायकवादतिर उन्मुख हुँदैन । सञ्चारकर्मी रवि लामिछानेलाई राज्यले जबरजस्ती आफ्नो कोपभाजनको सिकार बनाउँदैछ । कसैले भिडियोमा बोलेकै भरमा निर्दोेष मानिसलाई कारबाही गर्ने हो भने नेपालमा भोलि यो समस्या भयावह रुपमा अगाडि आउने छ । यहाँ हरेक नागरिक कसै न कसैबाट पीडित छन् । आत्म हत्यामा दुरुत्साहन गरेको भन्दै सञ्चारकर्मी रवि लामिछानेलाई सडाउन, पतन गराउन जब राज्य शक्ति नै लाग्छ भने यहाँ भन्दा ठूलो विडम्बना अरु केही हुन सक्दैन । नुवाकोटको मानिस चितवनको एउटा होटलमा कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला पर्छ, उसका शरीरभरि रडले पिटेको निलडाम भेटिन्छ । के आत्महत्या गर्ने व्यक्तिले आफैले आफूलाई मरणासन्न हुने गरी पिट्छ ? दशी प्रमाणहरु कथित तेस्रो व्यक्तिकोमा पुग्छ । तर राज्य संयन्त्रले यी यावत कुरामा अनुसन्धान नै गर्दैन । फगत एउटा व्यक्तिलाई केन्द्रमा राख्छ र दोषी प्रमाणित गर्न अनेकौ तानावाना बुन्छ ।
सञ्चारकर्मी रवि लामिछानेलाई राज्यले पतनोन्मुख गर्न कुनै कसरी बाँकी राखेको छैन । एउटा सहयोगी व्यक्ति त्यति तल्लो स्तरमा झरेर अर्काको हत्या गर्न सक्छ भन्ने विश्वास नभएरै मुलुकभरि रवि लामिछानेको रिहाइको माग राखी ठूला ठूला जन प्रदर्शनहरु भएका छन् । प्रहरीले निर्दोष आवाजहरु दबाउन आवश्यक शक्ति प्रदर्शन गरिरहेको छ । गृह प्रशासन मौन छ, अन्य राजनैतिक दल चुपचाप छन्, प्रमुख प्रतिपक्षी दल पर्ख र हेरको स्थितिमा छन् यही अवस्था कायम रहेमा उर्लदै गएको जन आक्रोशले भोलि सरकार र दलको अस्तित्वमाथि नै संकट पैदा गर्छ ।

तपाईको प्रतिक्रिया