भाण्टाबारी÷ रानी भन्सार नाका विराटनगरको विकल्पमा सुनसरीको भण्डाबारी नाका प्रयोग हुने भएको छ ।
औद्योगिक प्रयोजनका लागि भारत तथा सामुन्द्रिक मार्ग भएर तेस्रो मुलुकबाट कलकत्ता भन्सार भएर ल्याइने ठूला ठूला कन्टेनर विराटनगर आउन नसक्ने अवस्था देखिएपछि भण्टाबारी भन्सार नाका प्रयोगको विकल्प नरहेको भारतीय अधिकारीहरुले बताएका छन् ।
विराटनगर भन्सार नाकाभन्दा ८ किमी दक्षिणमा रहेको मिरगन्ज पुल ७४ सालकै बाढीबाट क्षति भएपछि उक्त पुल भएर आउने मालबाहक ट्रक तथा लहरीलाई ४० टन भन्दा बढी बोक्न प्रतिबन्ध लगाइएको थियो । भारतले अगस्त पहिलो साता परिपत्र गर्दै ठूला मालवाहक साधन वीरपुर भएर लैजान आग्रह गरिसकेको छ । रानी विराटनगरको विकल्पमा रहेको सुनसरीको भन्टाबारी भन्सारसम्म पुग्न अब त्यस्ता मालवाहक सवारी साधनले ६० किमीको बढी दूरी पार गर्नुपर्ने भएको छ ।
