धरानबाट फैलिएको डेंगु मुलुकैभरि

धरान÷नयाँ बर्षको शुरुवात अर्थात गत बर्ष वैसाखबाट पहिलो पटक धरानको वडा नं. १५ र ८ बाट फैलिएको डेंगुले यतिबेला धरानका प्रत्येक वडा र घरलाई मात्र प्रभावित पारेको छैन झापा, मोरङ, मकवानपुर, पोखरा, काठमाण्डौ, पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ्ग, धनकुटासंगै पछिल्लो पटक उदयपुरमा समेत देखा परेको छ ।
धरानमा डेंगुकै कारण आधा दर्जनले ज्यान गुमाइसकेका छन् भने झण्डै सात हजार मानिस डेंगुबाट प्रभावित भएका छन् । मोरङ्गमा सोमबार डेंगुबाट प्रभावित १ जनाको मृत्यु भएको छ । उदयपुरको पूर्वी क्षेत्र अर्थात
धरानसँगै निकट रहेको बेलका चौदण्डीगढी, त्रिजुगा नगरपालिका, र पश्चिमी बजार कटारीमा डेंगुका दर्जनौ विरामी देखा परेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिला कटारी क्षेत्रमा देखा परेको डेंगु हाल गाइघाट, चौदण्डीगढीको बेलटार, बसाहा, रामपुर, ठोक्सिलामा देखा परेको छ ।
पोथी लामखुट्टेको उज्यालोमा टोकाइबाट सर्ने यो रोग लाग्न थालेपछि विरामीमा अत्याधिक ज्वरो आउने, शरीरमा विमिरा देखिने, चिलाउने, कलेजो सुन्निने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने, शरीर अत्याधिक दुख्ने, टाउकोको पछाडि भाग दुख्ने, आँखाका नानी दुख्ने, वान्ता आउने, पखाला लाग्ने गरेको छ । महामारीको रुपमा फैलिदै गएको डेंगु नियन्त्रणका लागि हालसम्म न त संघीय सरकार, न त प्रदेश न त स्थानीय निकायबाट कुनै कदम चालिएको छ ।

तपाईको प्रतिक्रिया