पुडासैनीको हन्त्यारा राज्यबाटै लुकाउने चेष्टा हु“दैछ

सञ्चारकर्मी शालिकराम पुडासैनीको चितवनको एक होटलमा दुःखद् अत्महत्या ? हत्या ? ले यतिबेला मुलकुको राजनीति तातिएको छ । समाजिक सञ्जाल, प्रिन्ट मिडिया, इलेक्ट्रोनिक्स मिडिया सबैमा हत्या र आत्महत्यासँग जोडि बहस छेडिएका छन् । मृतकको भिडियोलाई आधार बनाएर सञ्चारकर्मी रवि लामिछाने लगायतलाई प्रक्राउ गरी सुनियोजित राज्य आतंक सिर्जना गरिएको छ ।
पुडासैनीको मृत्यु आफैमा दुःखद् हो र उनका हत्यारालाई कारबाही हुनुपर्छै यसमा कसैको दुईमत छैन तर घट्नामा संलग्नलाई जोगाउन राज्यसंयन्त्रले जुन ढंगले प्रक्रिया अगाडि बढाएको छ त्यो गलत हो ।
मृतकले कसैको नाम लिएको भिडियोलाई आधार बनाएर कसैलाई गिराÏतार गर्नु हत्यारा करार गर्न लागि पर्नुलाई राज्य आतंकको उपमा दिन सकिन्छ । प्रहरीले अनुसन्धान शक्तिशाली अमुक पात्रको निर्देशनमा गरेको प्रष्ट हुन्छ । निर्मला पन्तका अपराधीलाई अमुक शक्ति केन्द्रले जोगाए झै पुडासैनीका हत्यारालाईसमेत जोगाउने नियतले अगाडि बढाएको देखिन्छ । पुडासैनीको मृत्य हुँदा होटलको काठामा पहिला को पुगेको थियो ? प्रहरी कि सञ्चारकर्मीं ? घट्ना स्थलमा भएका प्रमाण कसले तयार पार्छ ? प्रहरीले कि सञ्चारकर्मीले ? पुडा सैंनीको हत्या या आत्महत्या हुँदा रवि लामिछाने कहाँ थिए ? मृतकले बोलेको भिडियो प्रेस काउन्सिलका कावा अध्यक्ष सम्म कसरी पुग्यो ? त्यो भिडियो तिनलाई कस्ले उपलब्ध गरायो ? भिडियोमा मृतक अत्यन्त्रै त्रासमा बोलेको देखिन्छ । उनलाई त्यसरी बोल्न बाध्य कस्ले बनाउँदै थियो ? मृतकको पोष्र्टमार्टमको रिपोर्ट आउनु भन्दा अगााडि सञ्चारकर्मी लामिछानेलाई किन गिराÏतार गरियो ? लगायत अनगिन्ती अनुसन्धानका पाटाहरु छलेर चितवनको एसपी दानबहादुर मल्लले लामिछानेलाई प्रक्राउ गर्नुले राज्यको नियत छर्लङ्ग हुन्छ ।
चितवनको होटलमा सञ्चारकर्मी पुडासैनीको झुण्डिएको अवस्थामा शव फेला परेको थियो । होटलमा आउनु भन्दा अगाडि उनको अवस्था कस्तो थियो ? मृतकका शरीरमा जुन चोटहरु देखिएको छ त्यस्तो अवस्थामा उनी होटलमा आउनै सक्दैनन् भन्ने कुरा सामान्य नागरिकले समेत बुझ्न सक्छ । देखिएको चोटको आधारमा उनी होटलको कोठामा नभएर हस्पिटलमा उपचार गराउनपर्ने अवस्थाका देखिन्छन् । उनी होटलको कोठामा बस्दा पहिला मरणासन्न हुने गरी कुटेर अपराधी अमुक व्यक्तिले अह्राए बमोजिम बोलेको प्रष्ट हुन्छ । बोल्दा बोल्दै घरी–घरी उनले आँखा मास्तिर दौडाउनु, कोठाकै अको कुनतर्फ हेर्नुले त्यहाँ पहिल्यैदेखि अपराधीहरु बसेका थिए या अर्को
घरको भेन्टिलेसनबाट प्रवेश गरेका थिए । यसमा प्रहरीको अनुसन्धान खोइ ? उनले भिडियोमा दुई हात जोडेका छन् सायद उनको हत्यामा संलग्नहरुबाट बाँच्न पाउने आशामा अनुनय विनय गरेको हुनुपर्छ । सामान्य हिसाबले सोच्दा समेत पहिला पुडासैनीलाई रडले मरणासन्न हुने गरी पिटिएको छ त्यसपछि उनलाई झुण्ड्याएर अपराधीहरुले ढोका भित्रैबाट लक गरी भेन्टिलेनबाट भागेको अनुमान गर्न कसैलाई गाह«ो पदैन ।
पुडासैनीको हत्या वा आत्मा हत्याको भिडियो इडिटिङ्ग गरेर बाहिर ल्याएको छ । यसमा प्रेस काउन्सिलकै कावा अध्यक्षसमेत मुछिएपनि उनलाई उक्त पदमा बस्ने नैतिक हैसियत अब रहँदैन । उनले थप स्पस्टीकरण दिन जरुरी छैन । उनलाई अनुसन्धानको
दायरामा राज्यले ल्याउनुपर्छ । भलै उनी निर्दोष हुन तर उनीमाथि सोधपुछ गर्नुपर्छ कि पर्दैन ? विगत केही समय सञ्चारकर्मी रवि लामिछानेप्रति प्रेस काउन्सिलका कावा अध्यक्षको पूर्वाग्रही मानसिकता, सत्तामै बसेकाहरुको नकरात्मक धारणा, माफिया, तस्कर र भ्रष्टहरुका गतिविधिलाई नांगेझार बनाएर लाइभ प्रसारण गरेकै कारण उनलाई फँसाउन षड्यन्त्रको तानावाना बुनिदै आएको थियो । पछिल्लो पटक षड्यन्त्रको तानावाना यसैंगरी बुनिदै गएको प्रष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया