राजधानी÷नेपाल स्थित रहेको भारतीय राूतावासले भारतको ७३ औं स्वतन्त्रता दिवस विविध कार्यक्रम सहित भव्यताका साथ मनाएको छ ।
नेपालका लागि भारतीय रादजदूत मञ्जिव सिंह पुरीले भारतको झण्डोत्तोलन पश्चात भारतका राष्ट्रपति कोविन्द रामको सन्देश पढेर सुनाउनु भएको थियो । भारतीय राजदूतावास काठमाण्डौको ैपरिसरमा भएको उक्त कार्यक्रममा भारतीय राष्ट्रपति कोविन्दले भभएको ७२ बर्षमा भारतले विविध क्षेत्रमा प्राप्त गरेका उपलब्धीहरुका बारेमा उल्लेख गरिएको थियो ।
राजदूत पुरीले तीन जना बीर नारी, पाँच जना एकल महिला र ६ जना मृतक गोरखा सैनिकका परिवार तथा निकटम नातेदारहरुलाई ५ करोड ३१ लाख आर्थिक सहयोग र कम्बल वितरण गर्नुभएको थियो । सो अवसरमा राजदूत पुरीले देशका विभिन्न स्थानमा रहेका ४० वटा पुस्तकालय र सातवटै प्रदेशमा रहेका शैक्षिक संस्थाहरुलाई पुस्तकहरु उपहार स्वरुप प्रदान गर्नुभएको थियो । भारतीय राजदूतावासले नेपालका विभिन्न अस्पताल, गैह« नाफा मुलक परोपकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स, ६ वटा बसहहरु उपहार स्वरुप प्रदान गरेको थियो । यसबाट भारत सरकारको नेपालको सामाजिक, साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्प्ताल, गैर नाफा मुलुक परोपकारी सस्था तथा शैक्षिक सस्थाहरुलाई हालसम्म ७ सय ५२ वटा एम्बुलेन्स, १ सय ४८ वटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ जसले हजारौ नेपाली जनतालाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै विद्यार्थीहरुका शैक्षिक आवश्यकता धेरै हदसम्म पूर्ति गरेको छ । उक्त अवसरमा दुतावासका कर्मचारी, उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय लगायतको उपस्थिति रहेको थियो भने स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाण्डौ केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए । नेपाल आर्मी व्याण्डको सुमधुरप्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी धरानस्थित रहेको भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयले समेत ७३ औं स्वतन्त्रता दिवस भव्यताका साथ सम्पन्न
गरेको छ । पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले कार्यालय परिसरमा भारतीय झण्डोत्तोलन गर्नुका साथै राष्ट्रिय धुनसँगै सहीद स्मारकमा सलामी र माल्यार्पण गर्नुभएको थियो । यसैगरी मे. डा. राघविन्दर सिंह, भारतीय भूतपूर्व सैनिकहरुले समेत सहिद स्मारकमा सलामी र माल्यार्पण गर्नुभएको थियो ।
सो अवसरमा प्रभारी अधिकारी मेजर अभिषेक सिंहले आगन्तुक सबैप्रति आभार र स्वागत गर्नुभएको थियो । कार्यक्रममा सुनसरीका प्रजिअ कृष्णकुमार राउत, एसपी यज्ञविनोद पोख्रेल, राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालयका प्रमुख हुत्तराज थापा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनाल, गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य, जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टका केन्द्रीय अध्यक्ष डा. खालिद हुसैन हक, दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल पिके शंकरालिंघम, स्थानीय उद्योगी, व्यवसायी, ठूलो संख्या भारतीय भूतपूर्व सैनिक लगायतको उपस्थिति रहेको थयो । कार्यक्रममा दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुले नृत्य, प्रहसनले उपस्थिति सबैलाई
रोमाञ्चित बनाएको थियो ।

