सडक खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दो

धरान कोशी राजमार्ग अन्तर्गतको सडक खण्ड जताततै खाल्डाखुल्डी हुदा दुर्घटनाको जोखिम अत्याधिक बढेको छ ।
यो सडक अन्तर्गत इटहर्ीका केही स्थानका मुख्य सडक तथा धरान धनकुटाका सडक खण्डमा जतासुकै भएका खाल्डाखुल्डीले दिनप्रतिदिन समस्या निम्त्यिाउदा समेत राजमार्ग सडक निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालय चुपचाप छ भने स्थानीय निकाय हाम्रो काम नभएको भन्दै मौन बस्दा दिनप्रतिदिन समस्या झनै चुलिदै गएको हो ।
एक रिपार्टधरान ८ का सुमन चौधरीले दीर्घकालीन रुपमा सडकको मर्मत सम्भार नहुदा सडकमा धेरै दुर्घटना हुने गरेको बताउनुभयो । आफ्नै आखा अगाडि कतिपटक सवारी साधन दुर्घटनामा परेको बताउदै खाल्डाखुल्डी मर्मत गर्ने कार्यमा सम्बन्धित पक्ष गम्भीर नभए अझ ठूलो दुर्घटना निम्तिने बताउनुभयो ।
कोशी राजमार्गको मुख्य सडकहरु नै जथाभावि खाल्डो पर्दा बर्षादका समयमा अझ समस्या निम्तिएको थियो ।
चालकहरु पनि जथाभावि परेको खाल्डाखुल्डी सवारी साधन चलाउन नै कठिन भएको बताएका छन् । उनीहरुले खाल्डाखुल्डीकै कारण जोखिम बढेको बताए ।
एक बर्ष अगाडि धरान उपमहानगरपालिकाले धरानका मुख्य बजारमा रहेका सडक खाल्डाखुल्डी पुर्ने काम गरेको थियो । धेरै नै जनगुनासो आएपछि धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बाले धरान ८ तीनकुनेदेखि धरान १३ सम्म रहेका खाल्डाखुल्डी पुर्ने काम गरेको थियो । तर पुरेको दुई महिना नबित्दै पुन सोही ठाउमा खालडाखुल्डी भए ।
सडक खाल्डाखुल्डीका कारण आखै अगाडि दुर्घटना हुदा समेत धरान उपमहानगरपलिका मुकदर्शक भएर बस्न बाध्य छ । धरान उपमहानगरपालिकाकि कार्यवाहक प्रमुख मञ्जु भण्डारीले राजमार्गमा रहेका सडक मर्मत सम्मारको जिम्मा सडक डिभिजनको भएको बताउदै निर्माणका लागि सडक डिभिजनले अख्तियारी दिनुपर्ने बताउनुभयो । उहाले धरानको गल्ली गल्लीमा कालो पत्रे बनाएको धरान उपमहानगरपालिकाले सडक रजमार्ग आफ्नो क्षेत्राअधिकारमा नपर्ने बताउनुभयो ।
यता टाफिक प्रहरीले पनि खाल्डाखुल्डीकै कारण दुर्घटनाको जोखिम बढेको बताएको छ । पूर्वाञ्चल क्षेत्रीय टूाफिक प्रहरी कार्यालय
इटहरीका प्रमुख भीम दाहालले मुख्य सडकमा भएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढ्दै गएका बताउनुभयो ।
जे होस् सडक डिभिजनका आखा नपुगेकै कारण अहिले सडक दुर्घटना बढ्दै गएको छ । स्थानीय सरकारले आफ्नो क्षत्राधिकारभित्र नपर्ने र सडक डिभिजनले सडकमा भएका खाल्डाखुल्डीको निर्माण नगरिदिदा दिनप्रतिदिन जोखिम बढ्दै गएका छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

 

तपाईको प्रतिक्रिया