शिक्षण जिल्ला,समुदायमा आधारित नेपालको पुर्बी पहाड,तराइ र
भारतको सिमावर्ती बिहार,बंगाल समेतका नागरिकहरुको स्वास्थ्योपचारमा दिर्घकालिन महत्व बोक्न सक्ने,दक्ष चिकित्सकिय जनशक्ति उत्पादन हेतु मित्ररास्ट्र भारतको सहयोगमा स्थापित बी. पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान केन्द्र संगै आन्तरिक लाभांशमा रुमलिंदा यसले आर्जन गरेको साख आज ढुलमुलाएको छ ।
सरकार मातहत रहेका मेडिकल कलेजहरुमा भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण योग्यलाइ भन्दा पनि आफ्ना मान्छेलाइ नियुक्त्ति गर्ने प्रवृत्ति ,आर्थिक लेनदेनले प्रस्रय पाउनुले सरकारी मेडिकल कलेजहरु अघोगती तर्फ लागेका हुन।यसबाट बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान समेत अछुतो रहन सकेन ।
हुनत भ्रष्टाचारले यतिबेला मुलुकका हरेक क्षेत्रलाइ गांजेको छ।सरकार भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता ब्यक्त गर्छ,भ्रष्टाचारिको मुखै नहेर्ने भनेर देशका प्रधानमन्त्री सार्बजनिक समारोहहरुमा अभिव्यक्ति दिन्छन तर भ्रष्टाचार झन झन मौलाउंदै गएको छ । प्रदेश न १ कै गहना,मुलुकले गर्व गर्न लायकको अन्तरास्ट्रिय स्तरको नन प्राक्टिसिङ मेडिकल कलेज बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उपकुलपतिलाइ अख्तियारको टोलिले निर्माण व्यावसायीसँग घुस लिंदा लिंदै रंगेहात पक्राउ गर्नु, ८ जना अन्य पूर्व पदाधिकारी माथि करोडौंको अपचलनमा अभोयोग पत्र दर्ता गराए पछि प्रतिस्ठान भित्रको भ्रष्टाचार सतहमा आएको हो । बिगतमा समेत प्रतिस्ठानमा भ्रस्टाचार नभएको होइन तर अख्तियारकै पदाधिकारिहरुसंगको सेटिङ, सक्ति केन्द्रहरुको आशीर्वादले उन्मुक्तिको मार्ग प्रसस्त भएका थिए । प्रतिस्ठानको हितमा भन्दा पनि आफ्नो ब्यावस्था कसरी गर्न सकिन्छ भनेर पदाधिकारीले गर्ने चलखेललाइ समयमै राज्यले नियन्त्रणको प्रयास अवलम्बन गरिदिएको भए प्रतिस्ठान धरासायी बन्ने थिएन ।
बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको २५ बर्षको इतिहासमा वर्तमानको जस्तो अवस्था कहिल्यै आएको थिएन । उपकुलपतिमा नियुक्त भएको दोस्रो दिनदेखिनै अन्य पदाधिकारीको अधिकार कटौती गरेर सम्पुर्ण अधिकार आफुमा केन्द्रित गरी उपकरण खरिद,औषधि खरिद,सप्लायर्स,निर्माण ब्यावसायी,ज्यालादारी मजदुरको पारिश्रमिकबाट समेत कमिसन असुल्न थालेपछी प्रतिस्ठानका अधोगतिका दिन सुरु भएका थिए । प्रतिस्ठानको योजना mission दृष्टि
(खष्कष्यल) र लक्ष्य (न्यबकि) बिपरित प्रतिस्ठान संचालन हुन थालेपछी बर्सौ देखि कार्यरत दक्ष र विशेषज्ञ चिकित्सकहरु अढाइ बर्षको अवधिमा दर्जन भन्दा बढी पलायन भए ।
बि.सं २०४५ सालको महाबिनासकारी भुकम्पले पूर्वको सुन्दर सहर धरान पुर्ण रुपले उजाडिएको मात्र थिएन यहांबाट उधोगी,ब्यावसायी र अन्य हज्जारौं सर्वसाधारण कौडीको मुल्यमा आफ्नो जायजेथा बेचेर अन्यत्र पलायन हुने लहरै चल्यो । एउटै घरबाट १६ वटा सम्म शव निकाल्दाको त्यसबेलाको कारुणिक दृश्य एकातिर थियो भने धरानको पुरानो हस्पिटलको प्रांगणमा बालबालिका, युवायुवती अनि बृद्वबृद्वाका शवहरु लमतन्न पारेर राखिएका थिए । अझ घोपा क्याम्पबाट बृटिश क्याम्प उठेर पोखरा गएपछी धरान पुर्ण रुपले मृत सहर (Dead city ) मा परिणत भएको थियो । धरानका मुख्य ठाउँहरुमा मृत सहर भनेर पोस्टरहरु टांसिएका थिए । एकताको पूर्वी पहाडको व्यापारिक नाका धरानसंग पहाडको नाता टुट्दै गएको थियो । नाम मात्रका २÷४ वटा उधोगहरु भुकम्प पश्चात् बन्द भएका थिए । धरानको समृद्धिका सम्पुर्ण द्वारहरु बन्द हुँदै गएका थिए । कुनै प्रकारको सम्भावना नरहेको
धरानले आज वी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानकै कारण पुनर्जिवन पाएको कुरामा कसैको दुई मत छैन । भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरको एउटा घोषणाले मृत सहर धरानले पुनर्ताजगी पाएको हो ।
वि.स २०४७ साल फागुन ३ गते भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरले बिराट्नगरको एक कार्यक्रममा नेपालले चाहेमा वि.पीको नाममा एउटा मेडिकल कलेज बनाइदिने घोषणा गर्नु भयो । चन्द्रशेखर वी.पी कोइरालाका अनन्य मित्र र अनुयायी समेत हुनुहुन्थ्यो । प्रजातन्त्र स्थापना पश्चात् निर्वाचित प्रधानमन्त्रीका रुपमा गिरिजा प्रसाद भारत भ्रमणमा जांदा चन्द्रशेखरले घोषणा गर्नु भएको प्रस्तावले औपचारिक रुप लियो । भारत सरकारले वी.पीको नाममा बहुआयामिक प्रस्तावलाइ स्वीकार गरेपछी परियोजना अगाडी बढेको थियो । बीच बिचमा भारतमा सरकारको नेतृत्व परिवर्तन हुँदै गए । कहिले पी.बी नरशिंह राव, कहिले अटल बिहारी बाजपेयी तर परियोजनाको काम रोकिएन । तिब्र रुपले अगाडि बढिरह्यो।
नेपाल र भारतको द्विपक्षिय सम्झौता अनुसार परियोजनाको चियरमेन प्रा.डा मदन प्रसाद उपाध्याय, सचिवमा नेपाली कंग्रेसका हाल केन्द्रिय सदस्य समेत रहनु भएका डा.शेखर कोइराला,सदस्यहरुमा डा.नरेन्द्र राना,प्रो.हेमांग दिक्षित,डा.छत्र अमात्य,डा.मधु घिमिरे,डा.नारायण कुमार र आरपी पंजियार रहनु भएको थियो ।
भारत सरकारले झन्डै २ अर्वको लागतमा अस्पताल भवन,एकाडेमिक भवन,तत्काल अस्पतालका लागि चाहिने आवस्यक उपकरण, निस्चित अवधी सम्म चिकित्सक एवं प्राध्यापक उपलब्ध गराउने र नेपाल सरकारले उपयुक्त स्थल, बिधुत,खानेपानी र सडकका लागि लगानी जटाउनु पर्ने सहमती भएको थियो । तर परियोजना कहाँ राख्ने भन्ने कुरामै केही समय अन्यौल भयो । मोरङ्को रंगेली,कोशी अंचल अस्पताललाइ समेत सम्भावना भित्र राखेर अध्ययन भए पनि वातावरणीय र भविष्यमा बिस्तार गर्दै लैजाने सम्भावना ती दुबै ठाउामा नभए पछि बेलायत सरकारले छोडेर गएको धरानको घोपा क्याम्पलाइ हरेक दृस्टिले उपयुक्त ठहराइयोे । सरकारले समेत ३५० एकड जमिन, बृटिश सरकारले तैयार पारेका संरचनाहरु भएको घोपा क्याम्पलाइ स्वीकृति दियो ।
त्यसबेला परियोजना अगाडी बढाउन कम्ता चुनौतीपूर्ण थिएन । यसको निर्माण ,अवधारणा,भविययका योजनाहरु स्थिर गर्न प्रा.डा.मदन प्रसाद उपाध्यायको टोलिलाइ २बर्ष लाग्यो । सन १९९३को फेब्रुअरी १८ तारेखका दिन प्रतिस्ठानको अवधारणाले साकार रुप लियो । त्यस दिन BPKIHS as an autonomous institution भनेर मन्त्री परिषदबाट पास भयो । सोही महिनाको ३० तारेख यसको संचालक परिषद गठन भयो । धरानको आर्थिक बिकाशमा बृटिश क्याम्पले ठूलो भुमिका खेलेको थियो । त्यो क्याम्प हंटेपछी त्यही संरचनामा सरकारको एउटा निकाय पुवाञ्चल क्षेत्रीय अस्पताल बसेको थियो । तर त्यसले धरानको आर्थिक गतिविधिमा कुनै प्रभाव पार्न सकेको थिएन। १५० सैय्याको क्षेत्रीय अस्पताल सदैव सुनसान जस्तै हुन्थ्यो । प्रतिस्ठानले ती सबै संरचना आफू मातहत ल्याउनु पर्ने थियो । त्यसका लागि पटक पटक बैठकहरु बसे । बृटिशले छाडेर गएका भौतिक संरचनाहरु तत्कालका लागि प्रयोग गर्ने, खानेपानी,विधुतको
र सडकको अवस्था पनि राम्रो थिएन । २.५० मेघावाटको जेनेरेटर थन्किएको थियो । तत्काल अस्पताल चलाउनु पर्ने अवस्था थियो । अप्रेसन थिएटर चलाउन एसिको आवस्यकता थियो । जनशक्ति थिएन । जसोतसो २०५० सालमा अस्पताल त खोलियो तर मेडिकल अफिसर पाउन गाह्रो भयो । पछि डा.शेखर कोइराला,डा.नारायण कुमारको सल्लाह बमोजिम भारतको बिहारबाट मेडिकल अफिसर ल्याइयो ।
धरान बजार भन्दा झन्डै ३ किमिको दुरिमा घोपाक्याम्प भएकोले बिरामीहरु अत्यन्तै न्यून संख्यामा पुग्ने गर्थे । स्थानीयलाइ विस्वासमा लिएर बिरामीको संख्या बढाउनु त्यसबेला कम्ता चुनौतिपूर्ण थिएन। धराने जनतालाई विस्वासमा लिनकै लागी क्षेत्रीय अस्पतालकै नाममा रहेको
पुरानो अस्पतालमा ओपिडि सेवा संचालन भयो । तर ल्याव,एक्सरे,बेड आदि तत्काल राख्न सक्ने अवस्था नभए पछि त्यसलाइ बन्द गर्नुको बिकल्प थिएन । २०५० साल साउनमा प्रतिस्ठानको स्थापना भए पछि करिकुलम बनाउने काम समेत अगाडी बढयो । त्यसका लागि प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.सिएस अग्रवालले अत्यन्तै मेहनत गर्नु भएको थियो । करिकुलम बनाउने काममा विश्व स्वास्थ्य संगठनले समेत सहयोग पु¥याएको थियो । विश्व स्वास्थ्य संगठनका डा pt . jayawickramrajan नेपाली प्रा. रमेश कान्त अधिकारी, डा.शेखरबाबु
रिजालले समेत ठुलो मेहनत गर्नु भएको थियो । करिकुलम तैयार भएपछी सन १९९४ को नोभेम्बरमा एमबिबिएस बिद्यार्थी भर्नाका लागि इन्ट्रान्स भयो । त्यस पछि बिस्तारै सर्टिफिकेट नर्सिङ,बिएस्सी नर्सिङ, स्नातकोत्तर , बिएमएलटी,रेडियोग्राफी,फिजियोथेरापी, डेन्टल,एमडी लगायतका विषयहरु थपिंदै गए । ३० जनाबाट सुरु भएको एमबिबिएसमा आज प्रत्येक बर्ष १५० जनाले अध्ययनको अवसर पाउंदै आएका छन । नेपाल बाहेक दक्षिण एशियाली
राष्ट्रका विधार्थीका लागि सात स्थान सुरक्षित गरिएको छ । यसैगरी नेपाली विद्यार्थीका हकमा बझाङ,बाजुरा, दार्चुला, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, कालिकोट, मनाङ, मुगु, मुस्ताङ, सोलुखुम्बुबाट आउने विद्यार्थीहरुलाइ विशेष प्राथमिकता दिएको छ । पहाडी जिल्लाका लागि एमबिबिएसमा ४ वटा, बिडिएसमा २ , प्रमाणपत्र नर्सिङमा १७ स्थान छुट्याइएको छ । यसैगरी अछाम,अर्घाखाँची,बाग्लुङ,बैतडी,बझाङ लगायत पश्चिम दुर्गम जिल्लाहरुबाट आउने बिद्यार्थीहरुका लागि प्राथमिकता दिने गरिएको छ । प्रतिस्ठानमा डिएम कार्डियोलोजी,डिएम ग्यास्ट्रोइन ट्र्रुओलोजी एन्ड हेपाटोलोजी, डिएम पल्मोनरी, क्रीटिकल केयर एन्ड स्लिपमेडिसिन, एमसिएच युरोलोजी, डिएम न्योनटोलोजी,एमसिएच जिआइ नर्सरी,फेलोशिप इन इमर्जेन्सी,एमडी इन हस्पिटल एडमिनिस्ट्रेसन संचालित छन। प्रतिस्ठानद्वारा संचालित एमबिबिएस कार्यक्रमलाइ नेपाल, भारत, श्रीलंकाको मेडिकल काउन्सिलले मान्यता दिएका छन । सन १९९९देखि सुरु भएको एमडि÷एमएस–एनेस्थेसियालोजी, डर्माटोलोजी एन्डभेनेोलोजी, अर्थोपेडिक्स, पिडियाट्रीक्स, शल्य चिकित्सा,रेडियोलोजि,मानसिक,नाक कान घाँटी,मेडिसिन फर्माकोलोजी र स्त्री तथा प्रसुतिलाइ भारतको मेडिकल काउन्सिलबाट मान्यता प्राप्त छ ।
आज धरानमा विरामीहरुको चाप थामी नसक्नु छ । दैनिक ३ हजार देखि ३५ सय सम्म बिरामीहरु आउने गरेका छन ।६ सय ४६ सैøयाको अस्पतालमा बिरामीहरुका लागी बेड्को अभाव हुन थालेको छ । पूर्वाञ्चलमा रहेका सरकारी तथा निजि अस्पतालहरुको प्रतिस्ठान रिफरल सेन्टरका रुपमा स्थापित भएको छ । अस्पतालका सेवाहरु ५ बर्ष अगाडी विभिन्न विशेषज्ञहरुको व्यवस्था सहित आधुनिक उपकरणले गर्दा काठमाडौ बाहिर प्रतिस्ठानमा मासु परिक्षण सेवा (biopsy faciliti ), बिबिध सेवा सहितको जनरल प्रक्टिस तथा अटो अनालाइजर सेवाहरु (multi disciplinary faculty general practice and auto analyzer ) उपलब्ध छ ।रगतको क्यान्सर र रक्तस्राव सम्बन्धी रोगहरु Bleeding diseases )सम्बन्धी परिक्षण, Haematological investigation गर्ने सुबिधा समेत रहेको छ ।यस बाहेक बिशेष कालाजार प्रयोगशाला specialkala-azar lab ), एचाअभी प्रयोगशाला (special HIV lab ), आँखाको नानी प्रत्यारोपण गर्ने शल्यक्रीया (cornelGrafting ), सिटि स्क्यान, एमआरआइ (ct scan,MRI) सेवाहरु समेत प्रतिस्ठानमा रहेका छन। यसैगरी शल्यक्रिया पूर्व आवश्यक पर्ने बेहोसी सम्बन्धी पुर्ण जांच सेवा (preanaesthesia clinic ) , मुटु सघन उपचार कक्ष (coronary care unit-ccu ), बालबालिकाहरुका निम्ति छुट्टै शिशु सघन उपचार कक्ष (Neonatal intansive care unite-nicu), मातृसेवाका लागि माते सघन उपचार कक्ष (Maternal intensive care unite-micu ) सेवाहरु रहेका छन । यसका अलवा बहिरंग सेवा, स–शुल्क सेवा (पेइङ क्लिनिक), बिशिस्ट विशेषज्ञ सेवा, अन्तरंग सेवा,आकस्मिक सेवा, सल्य चिकित्सा सेवा, निदान सेवा ,सामुदायीक सेवा आदि रहेका छन ।
नेपालका कुनै पनि अस्पताल तथा शिक्षण संस्थाहरुमा बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा जति फेकल्टी (बिभाग) रहेको पाइदैन । राजधानी बाहिर भएर पनि २१ वटा विभाग हुनु चानचुने कुरा होइन । तर भ्रष्टाचारले प्रतिस्ठानलाई यसरी गाँजेको छ कि पदाधिकारीहरु मात्र होइन कर्मचारीहरु समेत मोटाउंदै गए , प्रतिस्ठान दुब्लाउंदै गयो । यसको साख जोगाउन र नेपाल भारतको संयुत्त, लगानिमाथी गर्व गर्न सक्ने बनाउन आगामी दिनमा ब्रीफकेस बोकेर नियुक्ति लिन धाउनेहरुलाइ नभएर प्रतिस्ठानको सर्बोच्च हितमा इमान्दारिताका साथ काम गर्न सक्ने व्यक्तिको चयन हुनु आवश्यक छ ।
