धरान÷आगामी मंसिर १४ गते धरान उपमहानगरपालिकाको प्रमुखका लागि निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषण गरे लगत्तै नेपाल काँग्रेस धरान उपमहानगर समितिले वडाहरुलाई थप सक्रिय बनाउन भातृ संगठनहरु गठन प्रक्रियालाई तिब्रता दिएको छ ।
श्रावण ३२ गते शनिवार धरान वडा नं. १३ मा नेपाल आदिवासी जनजाति महासंघ र महिला संघ गठन गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ वडा नं. १३ को अध्यक्षमा शारदा राना मगर, उपाध्यक्षमा अनुपमा सुनुवार, सचिवमा रोशन श्रेष्ठ, सह सचिवमा सुरेन्द्र प्रधान र कोषाध्यक्षमा अस्मिता स्याङबो रहनु भएको छ । यसैगरी सदस्यहरुमा निमा लामा, हर्कमाया लिम्बु (पसर्जन राई),
मणिराज राई, ्राजेश श्रेष्ठ, रञ्जित श्रेष्ठ, जयकुमारी श्रेष्ठ, प्रेरणा राई, कुलप्रसाद स्याङ्गबो, श्याम भुजेल, इन्द्रबहादुर तामाङ्ग रहनु भएको छ भने सल्लाहकारमा चक्र खड्का, आशिष कटुवाल, अञ्जु श्रेष्ठ, बाबुराम कपाली, कर्णबहादुर थापा र हरि श्रेष्ठ रहनु भएको छ ।
यसैगरी वडा नं. १३ महिला संघको अध्यक्षमा अनुपमा सुनवार, सचिवमा कुसुम राई, कोषाध्यक्षमा राधिका राई, सह–सचिवमा दुर्गा कार्की अधिकारी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा निभा लामा, अस्मिता स्याङ्गबो, सीता विश्वकर्मा, प्रमिला गुरुङ्ग, रेखा थापा, अमिता भुजेल, कोपिला गुरुङ्ग, अञ्जना राणा, सरिता गुरुङ्ग, सुनिता गुरुङ्ग, पेमा लामा, भूमिका लिम्बू राई, कविता लिम्बु
राई, रुविना राई, मिना राइ, स्मृति लम्साल रहनु भएको छ ।
धरान वडा नं. १३ वडाअध्यक्ष डम्बरबहादुर तामाङ्गको सभापतिमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राई, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, महिला संघ क्षेत्रीय सदस्य सपना राई, विश्वराज शर्मा लगायतले आगामी उपनिर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चित गर्न संगठन विस्तारमा जोड दिनुपर्ने बताउनु भएको थियो भने सञ्चालन वडा सचिव पेम्बा तामाङ्गले गर्नुभएको
थियो ।

