धरान÷ धरान खानेपानी परियोजनाको ९९.५ प्रतिशत काम सकिएको भए पनि धरानेबासीहरुले पानी पिउन पाएका छैनन् । परियोजनाको पानी जोडिएका घरमा बर्षाद्को समयमा पनि पानी आउदैछ । नेपाल खानेपानी संस्थानको पाइपमा इन्टर कनेक्सन गरी जोडिएका धारामा बर्षादको समयमा जुन समय खानेपानी संस्थानले २४ घण्टा नै पानी खुवाउने गरेको छ यो समयमा समेत धारानमा पानी कतिखेर आउछ र थापेर राखौ भन्ने चिन्ता छ धरानेहरुलाई ।
धरान १५ सुनगाभा मार्गकी विमला बस्नेत विगतमा संस्थानको पाइप हुदा चौविसै घण्टा पानी आउने बताउदै परियोजनाले अहिले इन्टरकनेक्सन गरेर जोडेको धारामा पानी नै नआउने बताउनुहुन्छ, उहा भन्नुहुन्छ, जुनदेखि परियोजनाको धारा घरमा आयो त्यो दिनदेखि घरमा पानीको अभाव छ ।
विमला मात्र हैन धरान १५ की टिका बस्नेतको भनाई पनि उस्तै छ, खानेपानी परियोजनाले २४ घण्टा पानी आउछ भने पनि बर्षा लाग्दा समेत हिउदको भन्दा कम पानी आउने गरेको बताउनुभयो । उहाले बर्षादको समयमा यस्तो छ हिउदमा के हालत होला भन्दै प्रश्न गर्नुभयो । यी त उदाहरण मात्र हुन् एसियाली विकास बैंकको ऋण तथा अनुदानमा सहरी विकास आयोजना अन्तर्गत धरान खानेपानी परियोजनाले इन्टर कनेक्सन गरेर जोडेको धारामा कही पनि पानी आउदैन ।
खानेपानीको यस्तो अवस्था छ तर परियोजनाले भने ९९.५ प्रतिशत काम सकिएको दाबी गर्ने गर्छ । पानी खुवाउन नसकेको कारणचाहि अवरोध र संस्थानलाई बोर्डमा ल्याउन नसकेर भन्ने तर्क राख्छन् ।
बर्षेनी धरानमा खानेपानीको हाहाकार भएपछि नेपाल सरकार तथा एसियाली बैंकबाट ५० प्रतिशत अनुदान, नगर विकास कोषबाट ३५ प्रतिशत ऋण तथा धरान उपमहानगरपालिकाबाट १५ प्रतिशत लगानीमा खानेपानी परियाजना शुरु गरियो ।
करिब २ अर्ब १६ करोड लगानीमा ६ बर्ष अगाडि ४ बर्ष अगाडि शुरु गरिएको खानेपानी परियाजनाले पूर्णता पाएको दाबी गरेपनि अहिले पनि
धरान जनताको जीवन शैलीमा परिर्वतन आएको छैन ।
खानेपानीका लागि सुख्खा मौसममा अहिले पनि छटपटाउने गर्छन् । विगतमा नेपाल खानेपानी संस्थानले धरान जनतालाई खानेपानी वितरण गर्दा र अहिले परियोजनाले खानेपानीको काम सक्दा पनि धराने जनताको जीवन शैलीमा केही फरक आएको छैन
तर परियोजना ९९ प्रतिशत सकिएको दाबी परियोजनाले गर्दै आएको छ । तर पानी खुवाउन सकिरहेका छैनन् । पानी खुवाउन नसकेको अवस्थाचाहि उनीहरु अझै पनि अवरोध कायम रहेको बताउदै पन्छिने गर्छन् ।
ध्रान ृृृउपमहानगरपालिकाले परियोजनाको विस्तृत जानकारी दिन आयोजित कार्यक्रममा उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले आयोजनाको ९९ प्रतिशत काम सक्दा समेत धरानेहरुलाई अझै सहज रुपमा पानी खुवाउन नसकिएको बताउनुभयो । शुरुदेखि अहिलेसम्म अवरोध भएका कारण पानी खुवाउन नसकिएको उहाका तर्क थियो ।
०७१ मा सम्झौता भएर ०७२ अषाढ ३० गतेदेखिदेखि शुरु भएको आयोजना ०७४ आषाढ २३ गते सक्ने सम्झौता भएपनि परियोजना हालसम्म पूरा भएको छैन । परियोजनालाई पूर्णता दिन पटक पटक सम्झौता भए र यो बर्षको डिसेम्बर ३१ भित्र सक्नुपर्ने परियोजना ९९ प्रतिशत काम सकिएको बताए पनि पानी भने खुवाउन सकेको छैन ।
परियोजनाले सार्वजनिक गरेको प्रगति विवरण अनुसार भौतक प्रगति ९९.५, वित्तीय प्रगति ९२.९५ प्रतिशत, हालसम्म मुख्य प्रसारण पाइप लाइन ३४.०३ र मुख्य वितरण पायप लाइन ४१५.५९ छ तर पनि सर्वसाधारणको धारामा पानी आउन सकेको छैन ।
यस विषयमा नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राईले विगतमा दलीय संयन्त्रका बेला गरेका सहमति धरान उपमहानगरपालकाले अन्यलाई वाइवास गरेर अगाडि बढ्दा अहिले यस्ता समस्या आएको बताउनुभयो ।
धरान खानपानी बोर्डको गठन भइसकेको अवस्थामा नेपाल सरकार मन्त्रि परिषद्का निर्णयले खानेपानी संस्थान बोर्डमा मर्च गर्ने भनिए पनि त्या समेत गर्न सकको छैन । सत्तारुढ दल नेकपा नेता चोत्लुङले खानेपानी परियोजना समयमा नै सफल बनाउनको लागि खानेपानी संस्थानलाई बोर्डमा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले यदी त्यसो नभएमा संस्थानको हरेक काममा बोर्डले हस्तक्षेप गदै जानुको विकल्प नभएको बताउनुभयो ।
धरानका सर्वसाधारण भने खानेपानी संस्थान र बोर्डको खिचातानीका कारण धराने जनता खानेपानी पिउनबाट बञ्चित भएको बताएका छन् । धरान ५ का मोहनकाजी शाक्यले यो विवादलाई नसल्ट्याएसम्म यो समस्या जहिल्यै रहने बताउनुभयो । कार्यक्रममा आयोजनाको व्यावस्थापक इन्जिनियर राजु पोख्रेलले आयोजनाले हालसम्म गरेको प्रगति विरण प्रस्तुत गर्नुभयो । उहाँले सम्झौता भए अनुसार नै पानी उत्पादन गरिएको दाबी गर्नुभयो । उहाँले प्रतिदिन १ करोड ५२ लाख पानी उत्पादन गर्नुपर्ने सम्झौता भएको र त्यो अनुसार पानी उत्पादन गरिएको दाबी गर्नुभयो । उहाले हालसम्म धरानका ७ स्थानबाट बोरिङ्ग गरिएको, २५ लाख लिटरका चार वटा ट्यांकी निर्माण गरिएको जानकारी गराउनु भएको थियो ।
सो अवसरमा ०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी, भुकम्प, खानेपानी संस्थानको असहयोग, असन्तुष्ट पक्षबाट भएका अवरोधका कारण समयमै परियोजना सम्पन्न हुन नसकेको बताइएको थियो ।

