ऋषि तर्पणी पूर्णिमा सामुहिक श्रावणी स्नान कार्यक्रम सम्पन्न

धरान÷ब्राम्हण समाज नेपाल धरान उपमहानगर समितिको आयोजनामा ऋषि तर्पण पूणर््िमाको अवसरमा सामुहिक श्रावणी स्नान कार्यक्रम सम्पन्न गरिएको छ ।
धरानको धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरमा रहेको दुइधारेमा सामुहिक श्रावणी स्नान कार्यक्रम सम्पन्न भएको हो ।
प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पिण्डेश्वर संस्कृति विद्या पीठका प्राचार्य प्रा.डा. चन्द्रमणि नेपाल, ब्राम्हण समाज नेपालका केन्द्रीय सदस्य हिमप्रसाद ओझा लगायतको उपस्थितिमा प्रा.डा. भरतपसुाद भट्टरार्यले स्वस्ती बाचन गरी वैदिक विविध अनुसार महासंकल्प समेत वाचन गर्नुभएको थियो ।
कार्यक्रममा ब्राम्हण समाज नेपाल धरानका उपाध्यक्ष सीताराम आचार्य, सचिव कमल प्रसाद भट्टराई, ब्राम्हण नगर युवा सदस्य प्रफुल्ल भण्डारी लगायत समाजका आजीवन सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उपस्थित महानुभावहरुले सनातन वैदिक कालदेखि चलिआएको श्रावणी स्नान संस्कारलाई बार्षिक रुपमा निरन्तरता दिँदै जानुपर्नेमा जोड दिएका थिए ।
ऋषि तर्पणी पूर्णिमा जनै धारण गर्ने पुरुषहरुको लागि विशेष पर्वको रुपमा मानिने गरिएको छ । महिलाहरुले भने ऋषि पञ्चमी पर्वमा उपबास बसी सप्तऋषिहरुको पूजा आराधना गर्दा अन्जानमा गरिएका दोष निवरण हुने धर्मशास्त्रमा उल्लेख छ । कार्यक्रम समाजका धरान नगर अध्यक्ष उद्धव प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

तपाईको प्रतिक्रिया