धरान÷ लागू औषध लुकाई छिपाइ ल्याउदै गरेको अवस्थामा धरान प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ ।
आइतबार राति १० बजे कारमा लुकाई धरान भित्र्याउन लागेको अवस्थामा तीनकुने चेकपोष्टमा खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
को २ च १०२१ नं को कारको डिकीमा लुकाएर लागू औषध लुकाई ल्याउदै गरेको अवस्थामा कारका चालक धरान १५ का ३९ बर्षीय रविन श्रेष्ठ र सोही कारमा सवार धरान २ का ५६ बर्षीय बनबरिलाल शर्मालाई प्रहरीले नियन्त्रण लिएको हो ।
राति धरान ८ तीनकुने चेकपोष्टमा चेकिङ्ग गर्ने क्रममा डाइलेक्सी डिस नामक लागू औषध २८ बोतल फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । प्रक्राउ परेका दुवैजनलाई लागू औषध कारोबार अन्तर्गत मुद्धा चलाइने डिएसपी न्यौपानेले बताउनुभयो ।
