साग गेममा बास्केट बलतर्फ स्वर्ण पदक ल्याउने खेलाडीको दाबी

धरान÷आगामी डिसेम्बर १ देखि १० अर्थात मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगितमा समावेश गरिने खेलमा नेपालले बन्द प्रशिक्षणलाई तिब्रता दिएको छ ।
नेपालमा हुन लागेको प्रतियोगिताको मिति तय भएसंगै नेपालले यसमा तयारी थालेको हो ।
पटक पटक मिति सारिदै आएको प्रतियोगिताको दक्षिण एसियाली ओलम्पिक कमिटीको थाइल्याण्डको बैंकमा भएको बैठकले मिति तय गरेसंगै खेलको तयारी हुन थालेका हुन् ।
यस्तै धरानको रंगशालामा भएको सेमी कवर्ड हालमा नेपालका तर्फबाट प्रतियोगितामा भाग लिन लागेका खेलाडीलाई धमाधम बन्द प्रशिक्षण शुरु गरिएको छ । बास्केटबलमा उत्कृष्ट खेलाडी उत्पादन गरेर यस पटकको १३ औं एसिायाली खेलकुद प्रतियोगिताको स्वर्ण पदक हात पार्ने दाउमा रहेको खेलाडी तथा प्रशिक्षकहरुले बताएका छन् ।
धरानको सेमी कवर्ड हलको बन्द प्रशिक्षणमा बास्केटबलको प्रशिक्षणमा वीरेन्द्र नकर्मी, विष्णु महर्जन, विकास चाम्ङि राई, विकास साही र निरन्जन सत्यालले खेलाडीहरुलाई प्रशिक्षण दिदै आउनु भएको छ ।
विगतका साग प्रतियोगितामा भारतले स्वर्ण पदक हासिल गर्दै आएको बताउदै प्रशिक्षकमध्येका विकु महर्जनले यसपटक भने नेपालले बास्केटबलमा स्वर्ण पदक ल्याउने तार्गेट लिएको बताउनुभयो ।
महिला ३२ र पुरुष ३२ गरी ६४ जना सहभागी खेलाडीहरुलाई विहान र बेलुका पालो मिलाएर प्रशिक्षण दिदै आएको प्रशिक्षक विकास चाम्लिङ
राईले बताउनुभयो । विगतमा भन्दा अत्यन्तै मेहनतका साथ खेलाडीलाई प्रशिक्षण दिइने भएकोले पनि खेलाडीहरुले बास्केट बलमा स्वर्ण पदक हासिल गर्ने उहाको विश्वास छ ।
महिला र पुरुष गरी ३२ जना खेलाडी प्रशिक्षण लिए पनि दुवै समूहबाट छानिएर महिला पुरुष दुवैतर्फ १८ जनाले प्रतियोगितामा भाग लिने जनाइएको छ । प्रतियोगितामा दक्षिण एसियामा रहेका सात राष्टूले भाग लिने जनाइएको छ ।
यता खेलाडीहरुले पनि यसपटकको बास्केट बलमा प्रतियोगतामा स्वर्ण पदक जित्दै इतिहास रच्ने दाउमा छन् । तयारी राम्रो भएकोले यसपटक आफूहरुले स्वर्ण पदक ल्याउने अपेक्षा गरेको खेलाडी प्रिति लालचनले बताउनुभयो ।
प्रतियोगिताको १३ औ संस्करण पोखरा र काठमाण्डौमा हुने भएको छ । नेपाललमै हुने प्रतियोगतामा अन्य खेलजस्तै बास्केट बल प्रतियोगिताको पनि उत्तिकै महत्व छ । प्रशिक्षणसंगै खेलाडीको उच्च मनोवल बनाउन राज्यले समेत ध्यान दिए बास्केटबल खेलाडीहरुले लिएको संकल्प पूरा हुनेमा दुई मत छैन ।

 

तपाईको प्रतिक्रिया