गीता भवन सञ्चालक समितिको अध्यक्षमा काशीराम अग्रवाल

धरान÷धरानस्थित गीता भवनको शनिवार भएको दोसो साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा काशीराम अग्रवाललाई सर्वसम्मत चयन गरेको छ ।
गीता भवन सञ्चालनका लागि २०७० सालमा विधान निर्माण भएपछि सञ्चालक समितिको दोस्रो कार्यकालका लागि भएको निर्वाचनले उप सभापतिमा प्रा.डा गोपालप्रसाद भण्डारी, प्रा. नारायण प्रसाद कट्टेल सचिवमा कृष्णप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा दिपचन्द अग्रवाल, उप सचिवमा जीवनकुमार अग्रवाल, सह कोषाध्यक्षमा किशनकुमार अग्रवाल आगामी पाँचबष कार्यकालका लागि सर्वसम्मतले निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा डा. आनन्द आचार्य, रामकृष्ण श्रेष्ठ, चन्देश्वरी ताम्राकार, अनिता अटल,सतपाल अग्रवाल, इन्द्रनाथ वास्तोला, मनोजकुमार श्रेष्ठ, रमा श्रेष्ठ, विजय अग्रवाल र महेन्द्रकुमार जालान रहनु भएको छ ।
गीता भवनमा भएको साधारण सभामा बोल्दै डा. आनन्द आचार्यले भन्नुभयो गीता भवनको आÏनै विशिष्टता छ । वि.सं २०१४ सालमा महामण्डलेस्वर स्वामी इश्वरा नन्द धरान आउनु भएको थियो । उहाँले गीता दातव्य औषधालयमा बसेर धराने जनताको निस्वार्थ, निःशुल्क आयुर्वेद उपचार गर्नुभयो । उहाँले यहीका पाखा पखेराबाट जडीबुटी ंसकलन गरेर बालबालिका, स्त्रीरोग, वाथ सम्बन्धी उपचार गर्नुका साथै
धरानबासीलाई गीताको प्रवचन समेत दिने गरेको प्रसंग कोट्याउँदै भगवान श्री कृष्ण र अर्जुनको मूर्ति राजस्थानबाट बनाएर ल्याई प्रतिष्थापन गर्नु भएको बताउनु भयो । यसगरी प्रा.डा. गोपाल भण्डारीले गीता भवन निर्माणका लागि सुब्बा नारायणप्रसाद रिजालले मन खोलेर जग्गा उपलब्ध गराएको र वि.ंसं. २०२१ सालमा गीता मन्दिर स्थापना गरेको बताउनुभयो ।
कार्यक्रमको सभापतित्व काशीराम अग्रवालले गर्नुभएको थियो भने दिपचन्द अग्रवालले आय व्यय, कृष्णपसाद श्रेष्ठले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सञ्चालन उपसचिव जीवनकुमार अगवालले गर्नुभएको थियो । साधारणसभामा दुर्गाप्रसाद वस्ती, खजाञ्जीदाश अग्रवाल, वालकृष्ण हलवाइले समेत गीता भवनका बारेमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया