धरानको तरकारी विषादिरहित पाइयो

धरान÷ धरानमा भित्रिएका साग सब्जी खान योग्य भएको बताइएको छ । धरान उपमहानगरपालिका र फोरम फर हेल्थ डेभलपमेन्टको सम्झौतापछि गरिएको परीक्षणका क्रममा धरानमा भित्रिएका साग सब्जीमा सरकारले प्रतिबन्ध लगाएको विषादी पाइएको र सरकारले स्वीकृति प्रदान गरेको विषादी समेत न्यून रहेको पाइएको फोरम फर हेल्थ डेभलपमेन्टले सात महिना लगाएर गरेको परीक्षणबाट पाइएका हो ।
परीक्षणपश्चात फोरम फर हेल्थ डेभलपमेन्टले धरानमा भित्रिएका सागसब्जी खान योग्य रहेको बताएको छ ।
धरान उपमहानगरपालिका र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा माइक्रो बाइलोजीका विद्यार्थीको संस्था फोरम फर हेल्थ डेभलपमेन्टको सम्झौतापश्चात धरानको विशेष गरेर पालिका तरकारी बजार, धरान १२ मा रहेको सब्जी मण्डी, छाताचोक, फुस्रे लगायतमा भित्रिएका
तरकारीको परीक्षण गरिएको हो । फोरम फर हल्थ डेभलपमेन्टले ७ महिना लगाएर विषादी खरिद गर्ने पसल र धरान वरपरका कृषि क्षेत्रमा समेत गरेको परीक्षण पश्चात धरानमा भित्रिएका साग सब्जी खान योग्य भएको बताएको हो । फोरम फर हेल्थ डेभलपमेन्टका धिरेन लिम्बुले बजारमा भित्रिएका सागसब्जी तथा कृषकले उब्जनी गरेको सागसब्जीमा ३२ प्रकारका विषादी प्रयोग गरेको पाइएको बताउनुभयो । त्यसमा पनि अधिकांशमा ५ प्रकारका विषादी पाइएको बताउदै ती सबै सरकारले स्वीकृत प्रदान गरेको विषादी पाइएको बताउनुभयो । उहाले सरकारले प्रतिबन्ध लगाएको औषधि शून्य रहेको बताउदै समग्रमा यहा भित्रिएका सागसब्जी खानयोग्य भएको पाइएको बताउनुभयो ।
फोरम फर हेल्थ डेभलपमेन्टले विरानटरको सेवा केन्द्रसँग जिसिएमएस मेसिनबाट परिक्षण गरिएको बताएको छ । परिक्षणका क्रममा कृषकहरुले डिपिए, चिनी मल जस्ता मलको प्रयोग गरिएको र प्रयोग गरिएका मात्राले जनस्वास्थ्यमा असर नपरे पनि भविष्यमा माटोको उत्पादन क्षमतामा भने ह्रास आउन सक्नेप्रति सबै सचेत हुनुपर्नेमा प्राविधिक लिम्बुको जोड थियो ।
यो परीक्षण हिउँद महिनामा गरिएको कारण धरान आसपास, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम लगायतका क्षेत्रबाट भित्रिएका सब्जीमा मात्र गरिएको बताइएको छ ।
यता धरानका कृषि उपज बजारले भने अहिले गरेको परीक्षण पहाडी क्षेत्रबाट धरान भित्रिएको मात्र रहेको बताउदै भारतबाट आएका सब्जीजन्य वस्तुको परीक्षण नगरिएका कारण धरानमा भित्रिएका सागसब्जी पूर्ण रुपमा खानयोग्य भन्न कठिन हुने जनाएको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भारतबाट सिधै कृषि बजारमा आएका सब्जीलाई समेत परीक्षण गर्दा मात्र सागसब्जी खानयोग्य छ छैन भन्ने कुरा एकिन हुने बताउनुभयो ।
यता धरान उपमहानगरपालिकाले भने यो पहिलो प्रयासमात्र भएको जनाएको छ । उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले हिउँदको समयमा गरिएको सागसब्जी परीक्षणलाई हेर्दा सन्तोष जनक देखिए पनि बर्षादका् समयमा खासगरी नेपालबाट भित्रिएकामात्र सब्जमात्र हैन भारतबाट भित्रिएका सागसब्जीका समेत चाडै नै परीक्षण गरिने बताउनुभयो ।
उहाले धरानलाई परीक्षण केन्द्र बनाउन प्रदेश सरकारसँग जिसिएमएस मेसिन माग गरको र चाडै त्यो मेसिन कृषि उपज बजारमा राखेर विषादी मापन गर्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा धरानमा रहेका मासुपसल , दूधमा समेत गुणस्तर नभएको जनगुनासो आइरहको बताउदै यसको परीक्षणमा समेत उपमहानगरपालिकाले ध्यान केन्द्रित गरेको बताउनुभयो ।
जे होस् धरान उपमहानगरपालिकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी थालिएको यो परीक्षणको उपस्थित व्यापारी, कृषकहरुले प्रशंसा गरेका थिए । यस्ता परीक्षणलाई निरन्तता दिनुपर्ने उनीहरुको समेत जोड छ ।

 

तपाईको प्रतिक्रिया