गोरखा वार सा“गुरो हु“दै
उपयुक्त र आरामदायी स्थानसँगै आफूले चाहेका हरेक परिकारको स्वाद लिन धरानस्थित गोरखा डिपार्टमैन्ट स्टोरको गोरखा बार पुग्नेहरुका लागि अब स्थल सानो हुँदै गएको छ ।
धरान १७ का मोहन राईले भने शुरु शुरुमा सहज थियो तर अब भीडभाड बढेको छ । २५ देखि ३० जनासम्म एसीमा बसेर रसास्वादन गर्न सक्ने स्थान भएपनि पछिल्लो समय मदिरा पारखीहरुको भीड बढेकाले ठाउँ पाउनै मुस्किल छ राईले भने ।

गोरखा बारमा एक पटक पुगेका पारखीहरु नै नियमित ग्राहक बनेको किचनका सुपरभाइजर विष्णु खड्का बताउनुहुन्छ । अहिले मदिरा सेवनका पारखीहरु मात्र नएर नानीहरुको वर्थ डे पार्टी मनाउनेहरुको समेत घुँइचो लाग्न थालेको छ । वर्थ डे पार्टीका लागि अग्रिम वार बुक हुन थालेको छ । कहिलेकाही त दुइतीन वटा त्यस्ता वर्थ डे पार्टीहरु आयोजना हुने गरेका छन् । समयको व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्ने गरेको पनि उहाँले बताउनुभयो । हिजो आज मानिसहरु सानो तिनो पार्टीहरु गर्नुप¥यो भने पनि घरमा नगरेर वार, होटलका बैंकटेश हल आउने गरेको खड्काको कथन छ । वार साँघुरो हुँदै गएको जनगुनासोका सम्बन्धमा गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ, हामीले प्रारम्भमा वारको अवधारणा प्रयोगका लागि ल्याएका थियौं । यति चाँडै यो रÏतारमा चल्छ होला भन्ने सोचेका थिएनौं । अब विस्तारै यसलाई विस्तार गर्ने सोचमा पुगेका छौं । ग्राहकहरुले यसैगरी माया दर्शाइ दिनु भयो भने विस्तार गर्नुको विकल्प छैन, उहाँले भन्नुभयो ।
गोरखा किचनमा समेत उस्तै भीड
सादा खाना रु ५० र चिकेन खाना रु ९० भन्दा कसैले झट्ट पत्याइ हाल्ने कुरा पनि भएन । एक मुठ्ठी सागको ५० रुपैयामा पाउन हम्मे हम्मे परेको अवस्थामा गोरखा डिपार्टमेन्ट स्टोरले एसीको आनन्द दिएर अत्यन्तै सुन्दर प्राकृतिक दृश्य नियाल्दै आफ्ना ग्राहकहरुलाई ५० रुपैयामा सादा खाना र ९० रुपैयामा चिकेन खाना खुवाउदै आएको छ ।

स्टोरले आफ्ना पाँचवटै शाखाहरु धरान, इटहरी, विराटचौक, पथरी, दमकमा विगत केही बर्षदेखि यस्तो सुविधा उपलब्ध गराउँदै आएको छ । गोरखा डिपार्टमेन्ट स्टोर धरानका किचेन सुपर भाइजर विष्णु खड्का भन्नुहुन्छ किचनमा पाँचसय सम्मका खानाका आइटम रहेका छन् । नेपाली थालीको २ सयदेखि ३ सय, स्पेशल नेपाली थालीको २९० देखि लिएर ४२०, गोरखा किचन स्पेशल ५०० समेत रहेको छ । अर्डर
गरेको ३० मिनेट भित्रमा सबै प्रकारका खाना पाइने गोरखा किचनमा प्रत्येक दिन सरदर १५ सय ग्राहकहरुले विभिन्न आइटमको स्वाद लिने गरेका छन् ।
विहान सात बजेदेखि बेलुका ९ः३० बजेसम्म खुल्ला रहने गोरखा किचनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी, स्थानीय बासिन्दा, पञ्चायन, बकलोैरी, कोशीपारी मैनामैनी, ठोक्सिाला लगायतका स्थानहरुबाट ग्राहकहरु आउने गरेको खड्काले बताउनुभयो । त्यसो त किचनमा ग्राहकहरु खानाकै लागि मात्र जाँदैनन.् सैयौ प्रकारका अन्य भेराइटीहरुको स्वाद लिन समेत पुग्छन् । चिकन मसुरम सुप, चिकन क्लियर सुप, लुङ्गफुङ्ग सुप चिकन, हट एण्ड सावर सुप भेज, स्विटकर्न सुप भेज, स्विट कर्न सुप चिकन, चिकन वनर्टन सुप, हुनान चिकन वनर्टन सुप, म्यानचाउ सुप भेज, म्यान चाउ सुप चिकनमा ग्राहहरुको रुची ज्यादा देखिने गरेको छ । यसैगरी स्नाक्सहरुमा चिकन ६५, ड्रागन चिकन, सांघाई िचिकन, पनिर चिल्ली, चिकन चिल्ली, चिकन चिल्ली विथ वोन, ससेस चिल्ली, चिकन लालीपप, स्पाइसी चिकन क्रिप्सी, भेजिटेबल फ्राई, गोवि मन्चुरियन ड्राई, चिकन साते, सिगापुर नुडल्स भेज, सिंगापुर नुडल्स चिकन, मिक्स फ्राइड राइस पनि गोरखा किचनका आकर्षक र स्वादिस्ष्ट परिकार हुन ।
यसैगरी चाइनिज कुइसिनमा भेज स्प्रिङ्ग रोल, चिकन स्पिङ्ग
रोल, सेज्वन क्रिप्सी पोटाटो, मसरुम चिल्ली, फ्राइड चिकन २ पिस, चिकन खाजा सेट, मटन खाजा सेट, चिकन साँदेको, मटन साँदेको, आलु साँदेको, गे्रभीमा चिकन मन्जुरियन, भेजिटेवल मन्जुरियन, मसरुम मन्जुनियन, गोवि मन्जुरियन, हुनान चिकन, स्विट एण्ड सावर चिकन विथ राइस आदि रहेका छन् । राइस र नुडल्समा मिक्सभेज, फ्राइड राइस,चिकन फाइड राइस, मटन फ्राइड राइस, भेजिटेवल ट्रिपल फ्राइड राइस विथग्रेभी, चिकन ट्रिपल फ्राइड
राइस विथ ग्रेभी, भेजिटेवल हङ्गकङ्ग फ्राइड राइस स्पाइसी, चिकन हङकङ फ्राइड साइस स्पाइसी, भेजिटेवल हाक्का नुडल्स,चिकेन हाक्का नुडल्स, चिकन चिल्ली गार्लिक नुडल्स, चाइनिज चप्सी भेजिटेल, चाइनिज चप्सी चिकन, अमेरिकन चप्सी नन भेज, ग्रिन सलाद, समोसा चाट, आलु जिरा पेपर मटन, पेपर चिकन, पनिर मुर्जी, ऐरा मुर्जी, मटन फ्राइड, फिस फ्राई, सिज्लर , मसला ड्राईजस्ता आइटमहरुमा पारिवारिक जमघट ज्यादा हुने गरेको छ ।
व्युटिसियन कन्प्रेन्समा गोरखाकै कञ्चनजंघा हलमा कार्यक्रम पश्चात चिकनेको चौथो तलामा भेटिएकी विमला निरौलाले भनिन अत्यन्तै सफा र स्वादिष्ट खाना गोरखा डिपार्टमेन्ट स्टोरको विशेषता नै भइसकेको छ । उनी मटन विर्यानीको स्वाद लिदै थिइन भने उनका अन्य साथीहरु चिकन विर्यानी, भेजिटेवल विर्यानी, पि पुलाउ, पेलेन राईसको स्वाद लिइरहेका थिए । बकलौरीबाट झण्डै १० जनाको समूहमा आएका युवाहरु खानाको परिकार देखेर दंग थिए । उनीहरु पनिर मटर मसला, मलाई कोफता, मटर पनिर, दाल मखनी, मिक्स भेज करी, भेज भर्ता, राजमा मसला, दाल फ्राइ, झाल फ्रेजी भेज, पनिर पसन्दा, शाही पनिर, नवरत्न कोभो के मगाउने भन्नेमा तँछाड मछाड गरिरहेका थिए पटियाला भेज, चना मसला्, मसरुम मसला लगायत नन भेजिटेरियन आइटम, भेज स्न्याक्स, परौठा,रोटी, नान, तन्दुर कुइसिन, कटलेट, पिजा, पास्ता वर्गर एण्ड फ्राइज, सेट, ब्रेंकफास्ट, कन्ट्री बे्रक फास्ट, एलाकर्टे, चाइनिज, थुक्पा, मोमोमा स्टिम, फ्राइड। चिल्ली, वेभरेज हट, वेभरेज कोल्डका विविध खानाका परकाले ग्राहकहरुलाई लोभ्याउने गरेको छ ।
गर्मीका कपडामा अत्याधिक भीड
गोरखा डिपार्टमेन्ट स्टोरमा आउने अधिकांश ग्राहकहरुको भीड कपडामै देखिने गरेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ गर्मीलार्ई लक्षित गरेरै यतिबेला विदेशी ब्राण्डका कपडा तथा अन्य सामानहरु ल्याइएको छ ।
गोरखाको पाँचौ शाखा धरानमा सोमबार धनकुटाबाट आउनु भएका बालानन्द घिमिरेले भन्नुभयो आफूलाई चाहिने सम्पूर्ण सामानहरु यहीबाट खरिद गर्ने योजना बनाएर आएको हुँ । यस भन्दा अगाडि इटहरीस्थित डिपार्टमेन्ट स्टोर पुग्नु हुने घिमिरेले धरानमा शाखा खुलेपछि सहज महसुस भएको बताउनुभयो । घिमिरे जस्तै तेह्रथुम लसुनेबाट पविारका साथ सामान खरिद गर्न आउनु भएका देवराज पाठक पनि कपडा खरिद गर्न झुम्मिनु भएको थियो । पहिला पहिला धरानबाट कपडा खरिद गर्दा पसलैपिच्छे दौडनु पथ्र्यो । अहिले त्यो झन्झटै छैन । स्वदेशी तथा विदेशी ब्राण्डका कपडा सुपथ मूल्यमा एकै ठाउँमा पाइएपछि अन्यत्र जाने झन्झटै नभएको उहाहरुको कथन थियो ।
पार्कि· स्थलको व्यवस्था
पूर्वाञ्चलमै पहिलो पटक डिपार्टमेन्ट स्टोरको अवधारणा ल्याएको गोरखा डिपार्टमेन्ट स्टोरले धरानमा सञ्चालनमा ल्याएको आÏनो पाँचौ शाखामा सुविधा सम्पन्न पार्किङ्ग स्थलको व्यवस्था गरेको छ ।

बढ्दो शहरीकरणसँगै पार्किङ्ग स्थलको अभाव खेप्दै आएका ग्राहकहरुले धरानस्थित डिपार्टमेन्ट स्टोरमा पुग्दा सुविधायुक्त अण्डरग्राउण्ड पार्किङ्ग स्थलमा आफनो सावरी साधन सुरक्षित साथ राख्न पाउँछन् । एकै पटक एक सय वटा कार र १२ सय भन्दा बढी मोटर साइकल पार्किङ्ग गर्न सकिने स्टोरको पार्किङ्ग स्थलकै कारण गोरखामा ग्राहकको चहल पहल दिन प्रतिदिन बढेको ग्राहकहरु स्वयम् बताउँछन् ।
धरान १३ का सुजन लिम्बु आÏनो सानो सवारी साधन लिएर सोमबार गोरखा डिपार्टमेन्ट स्टोर पुग्दा प्रसन्न देखिनुहुन्थ्यो । लामो समय विदेश बसेर फर्कनु भएका लिम्बुले धरानमा उपयुक्त पार्किङ्ग स्थलकै समस्या हुने उहाँले सुनाउनुभयो । तर गोरखामा त्यस्तो कुनै समस्या दखिएन । बाहिरी ेशहरहरुमा झै गोरखामा पार्किङ्ग स्थलसँगै संसारका जुनसुकै सामान पाउनुले आफूलाई खुशी लागेको पनि बताउनुभयो । लिम्बुमात्र होइन धरान १९ का प्रदीप सुनुवारको कथन पनि त्यस्तै छ । साँघुरिदै गएको धरानका सडकहरुमा पार्किङ्ग गर्ने सोच नबनाए पनि हुन्छ । बढ्दो सवारी चापले गर्दा बाटो काट्न समेत हम्मे हम्मे पर्न थालेको अवस्थामा सडक किनारमा सवारी पार्किङ्ग त सम्भवै छैन । तर गोरखा डिपार्टमेन्ट स्टोरमा आउँदा पार्किङ्गको मात्र हैन सामान खरिदमा समेत कुनै द्विविधा रहँदैन । जुनसुकै प्रकारका सामानहरु समेत सुपथ मूल्यमा, बार्गेनिङ्गको झन्झट बिनै पाइनुले खुशीको कुरा हो, सुनुवारले भन्नुभयो ।


