धरानमा किङ कोब्रा भेटिएको : पूर्वमै पहिलो पटक भेटिएको विष्टको दाबी

धरान÷धरान मानिस र सर्पको अन्तरसम्बन्ध अत्यावश्यक रहे पनि सर्प संरक्षण भन्दा पनि सर्प मार्ने प्रवृत्ति बढ्दै गएका बेला एक व्यक्ति भने यसको संरक्षमा लाग्दै भविष्यमा विषबाट एन्टीभेनम औषधि बनाउने अभियानमा जुटेका छन् ।
खोटाङ चिसापानीमा जन्मनु भएका र हाल मोरङका विराटनगर १२ बराहीमा स्थायी बसोबास गर्दै आउनु भएका प्रेम विष्ट यो अभियानमा लाग्नु भएको हो । सर्प संरक्षणकै अभियानको दौरानमा उहाले विभिन्न प्रजातिका ४ हजार २ सय ७० वटा विषालु सर्पको समातेर उद्धार गरिसक्नु भएको छ । यी मध्ये धरान ४ काली खोलामा भेटिएका किङ कोब्रा भन्ने पूर्वमै पहिलो पटक पाइएको र पहिलो पटक उद्धार गरिएको उहाको दाबी छ ।
नेपाल प्रहरीमा सेवा निवृत्त भएपछि हाल मंगलबारे डिभिजन कार्यालय मोरङमा सशस्त्र वन रक्षकका काम गर्दै आउनु भएका विष्टले ९ बर्षकै उमेरमा खोटाङमा रहदा पहाडमा हुने विषालु सर्प गुब्रे पक्डेर सर्प संरक्षण अभियानमा जुटेको बताउनुहुन्छ ।
तराई झरेपछि गोमन, करेत, धामन लगायतका सर्पहरु पक्रिने कामलाई निरन्तता दिने क्रममा पहिला पटक धरानमा किङ कोब्रा समात्न सफल भएकोमा उहा गर्ब गर्नुहुन्छ ।समुन्द्र सतहबाट साढे ७ सय मिटरको उचाईमा काली खोलाको छेउमा बसेको यो किङ कोब्रालाई सिस्नो टिप्न जाने सर्वसाधारणले धामन सर्प
खाइरहेको अवस्थामा फेला पारेपछि आफूलाई खबर गरेको र खबरपश्चात आफू त्यहा पुगेर उद्धार गरेको बताउनुभयो । पूर्वमा पहिलो पटक भेटिएका यो सर्प अत्यन्तै दुर्लव प्रजातिमा पर्ने बताउदै यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाले सर्प र मानिस एक अर्काविना जीवन निर्वाह गर्न कठिन भए पनि सर्प देख्न वित्तिकै मार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । खबर गने वित्तिकै आफ्नो कामलाई समेत थाति राखेर रिस्क्यु गर्न पुग्नु हुने विष्टको उद्देश्य नै सर्प संरक्षणसंगैै एन्टीभेनम नामक औष्ािध बनाउन सुनसरीको चकरघट्टीमा अभियान शुरु गरेको बताउनुभयो । यसका लागि लक्ष्मी प्रसाद फुयालको अध्यक्षतामा समिति गठन भइसकेको बताउनुभयो । तर यसमा नेपाल सरकारले वेवास्ता गरेको गुनासो पोख्नुभयो ।
नेपालमा ८० प्रजातिका सर्प भएपनि १६ प्रजातिका मात्र विशालु भएको बताउदै सर्प संरक्षण गर्दा मानवलाई हानी भन्दा पनि फाइदा बढी हुने बताउनुभयो ।
सर्पले मानिसलाई हानी पु¥याउने उद्देश्यले कहिल्यै पनि आक्रमण नगर्ने बताउने उहाले आत्मरक्षाका लागि सर्पले मानिसलाई आक्रमण गर्ने बताउनुभयो ।
जेहोस् सर्प संरक्षणसंगै एन्टिभेनम औषधि उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढ्नु भएका विष्टको अभियानलाई सबैले सह्रानीय कामको रुपमा लिने गरेका छन् । उहाको हिम्मत र आटप्रति सर्वसाधारणले खुलेरै प्रशंसा गर्ने गरेका छन् । उहा“को यो अभियानलाई नेपाल सरकार, सर्वसाधारणले सबैले सहयोग गरे उहा“को उद्देश्य चाडै नै पूरा हुनेमा दुई मत छैन । यसतर्फ सबैले मनन गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया