घण्टाघरबाट हेर्दा

काग बढी जान्ने हु“दा
काग बढी जान्ने हुँदा मनुवाको विस्टा पकापक दिन्छ रे । अन्य पंक्षीभन्दा काग चतुर हुन्छ । त्ससैले हाम्रा गामघरमा मान्छे त कागै र’छ भन्छन् । माने चलाख । अब हेरम न नेक्पाका सेकेन्ड अध्येक्षे प्रचण्डाउलाई । अस्तिका दिन तिन्ले खै के जाति ठाममा गएर कुर्लिएछन् । प्रचण्डाउले भन्या आजसम्म आफूले कसैलाई एक लबटो सम्म ला’को छैन रे । अबको जमानामा लबटो लगाउनै पर्दैन । तिन्ले सत्य कुरा ग¥या हुन् । लबटो लगाएर आफ्नै हत्केला किन दुखाउथे । बुङ्ग बम पड्काइदियो, गोली हानी दियो बातै खलास । बाँदरमुढे घटनामा तिन्ले लवडो लगाएकै होइनन् । मुक्ति दाहाललाई रुखमा बाँधेर प्राण पखेरु हर्दा लबटो लाउने अवस्थै आएन, नौ बर्षीया बालिकालाई जिउदै बसभित्र जलाउँदा लवटो लाउनै परेन, देशभरिका बैंकहरु लुट्दा लबटो लगाउनै परेन, मन्दिर, मूर्ति सालिक फोड्दा लबटो लगाउनै परेन । सेना प्रहरीलाई पासो थापेर उडाउँदा लबटो लगउनै परेन । कही पनि लवटो नलगाई काम गर्न सिपालु प्रचण्डाउले साँच्चै नै सही भन्या हुन् । उन्ल कही, कसैलाई लबटो लगाउनै परेन । वित्थाँ अरुले विचरालाई देखि नसहेका मात्र हुन् ।
नागार्जुनबाट हटाउने रे
गनतन्त्रको नाम भँजाएर कम्मल ओढी घ्यु खान पल्केका प्रचण्डाउलाई यतिबेला भयंकर छट्टपट्टी चल्या छ । िचियाको कपमा आएको तुफानजस्तै । प्रचण्डाउका बाबु बाजेले नागर्जुनतिर एउटा घर बनाएका रै’छन । त्यसमा यतिबेला पूर्व राजा बस्या रै’छन् । आफना् बाबु बाजेले बनाएको घरमा अरु बस्दा कस्लाई डाहा र जलन हुँदैन ? जग्गाधनीको प्रमाणपूर्जा प्रचण्डाउसँगै भएपछि अझ बातै खलास । अस्तिका दिन तिन्ले पूर्व राजा हिजो आज बकबक गदै छन् । अब नागार्जुनबाट समेत निकाल्छ भनेर चिच्याएछन् । त्यसपछि त जन्ताले तिन्का धतुरा झार्न शुरु गरिहाले । विचरालाई समाजिक सञ्जालमा पीठो हुने गरी प्रतिक्रिया आए । हैट त्यति साह«ो त भन्नु हुन्थेन हौ । आमा चकारी गाली पो ग¥या छन् त । धन्न ठूलै छाती भएर सहेका रै’छन् प्रचण्डाउले । जन्ताले प्रचण्डाउको आशय नै बुझेनन् । उन्ले त नार्गाुनबाट नारायणहिटी ल्याउने पो भन्या हुन त । अब कुन दिन तिन्ले फेरिभुक्छन् मैले भनेको आशय जन्ताले बुझेनन् भन्छन् ।
विच्किएछन्
धराने जना यतिबेला नगर पालिकाका जनप्रतिनिधिहरुसँग राम्रैसँग विच्किएका रै’छन् । किन नबिच्कियुन त ? त्यो डेंगु भन्ने मच्छड धरानमा कुन नाकाबाट भित्रियो भित्रियो ? सबै धरानेहरुलाई हैरान बनाइइद्या छ । खुत्रुक्क पसेर सुटुक्क टोक्छ । टोकेपछि यमानका ज्यान भएकाहरु केही दिनपछि नाम्ले लागेका जस्ता हुन्छन् । धरानमा यतिबेला घरैपिच्छे नाम्ले लागेका जस्ता मान्छे भेटिन्छन् । जाबो एउटा भुसुने मच्छड समेत भगाउन नसक्ने भन्दै धरानेहरु जनप्रतिनिधिको विरोध गर्छन् । तीस चालीस लाख भुसुने मच्छड भगाउने नाममा जनप्रतिनिधिले आफ्नै ट्यांकीमा हुले रे । मच्छड भगाउनु भन्दा त आफ्नै ट्यांकीमा हुलेकै जाति । नगरकी नव महारानी, लाउके वडाध्येक्षेहरुका घरमा हप्तामा ४, ५ पटक डेंगु नासक धुवा धुक्कुर लगाएपछिचाहिँ धराने जनताहरु विच्केका रै’छन् । जनप्रतिनिधि भन्या जन प्रतिनिधि हुन् । तिन्लाई डेंगो लाग्नै हुँदैन । आजसम्म धरानमा जनप्रतिनिधिलाई डेंगो लागेकै छैन । जन्ता विच्केर फुइøयाँ हुन्छ ।
उपहारै उपहार
ख्याक्क खोकी लाग्दा जँचाउन सिंगापुर पुग्ने, आरम गर्न अमेरिका पग्ने तर नेपाली जन्तालाई उपहार दिनचाहिँ नेपालै आइपुग्ने हाम्रा पर्धानमन्तरी कम्ताका उद्धार छैनन् । रेल चढाएर पानी जहाजमा दौडाएर, हावाबाट विजुली निकाल्देर फालाफाल पर्दैर, घरघरमा ग्याँसका पाइप हुल्देर लखतरान भएपछि सिंगापुरतिर हान्निएका पर्धानमन्तरीले नेपाली जन्तालाई अर्को गज्जबको उपहार देका छन् । कोही बाल्नै नसक्ने गरी महंगीको भारीले थिच्न लगाएर हिड्या पर्धानमन्तरीले नेपाली जन्तालाई अर्को उपहार दिएका छन् । अब आफ्नै बाबु बाजेको सम्पत्ति लिनुपर्दा पनि नेपाली जन्ताले राजस्व बुझाउनुपर्छ । यो त साह«ै असल नियेम बनाएछन् । जन्ताले पाइलैपिच्छे कर नतिरे पर्धानमन्तरी,  राष्ट्रपति र अरु मन्तरीहरुले कसरी  करोडौको गाडी चढ्ने ? मनलाग्दी खर्च कसरी गर्ने ? आफन्त र कार्जेकर्ता कसरी पाल्ने पाल्ने । जन्ता भन्या त दुहनो गाई त हुन् । जति दुयो त्यति राज्येको ढुकुटीमा बुरुरुरु ….। कि कसो हौ ?
ठूलो पार्टी बन्छ रे
नेपाली लाँग्रेसका महामन्त्री शशांक कोइरालाले अस्तिका दिन भन्या अबको चुनाउमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ रे । होला पनि । हुटिट्याले सागर थामेजस्तै । सबैलाई पदै चाहिएको छ । आफना दुई चार जना नन्दीभृंंगी गुट लिएर डिङ्ग हाक्ने नेताहरुले ठूलो पार्र्टी बनाउलान र चुनाउमा पहिलो होलान जस्तै छ । बाह« सत्ताइस गफ चुटेर मात्र र्ठूलो पार्टी बन्ने भए त पत्याउनु पनि । एउटै पार्टीभित्र बसेर एकअर्काका मुखै नहेर्ने, एकले अर्काको सक्तो सराप गर्ने, एक पटक पद पार्एपछि छोड्नै नमान्ने महारोगबाट काँगे्रस कहिले जाति होला ? एक थरी एकातिर बटारिएको छ । अर्कोथरी अर्कोतिर बटारिएको छ । न संसदमा दह«ो भएर उभिन सक्न न सडकमा आएर हल्ला गर्न सक्छ । अनि हावा जोतेर ठूलो पार्टी हुन्छ ?
लस्करै लागेर गएछन्
पार्टी संगठनका लागि माखो नमार्ने तर चुनाउमाचाहिँ टिकट हत्याउने दौड प्रतियोगिता शुरु भैहाल्छ ।चुनाउमा उठ्दा ठूलो पल्टिने, यसो चन्दा चौकसबाट र पार्टीले दिने सहयोगबाट राम्रै व्यवस्था हुने भएपछि हरिलठ्ठकहरु मरिहत्ते गर्छन् । धरानमा मेयरको चुनाउ हुने भएपछि एकथरि सुकेनासहरु राम्रै दौडधूपमा लाग्या
छन् । निर्वाचनमा जित्ने भन्दापनि नजित्नेहरुको फूर्ति सानो छैन । अहिल्यै आफू मेयर भएको नाटक गर्न थालेका छन् । एकथरि पार्टीबाट खर्च गर्ने व्यापारी बोकेर नेताको दलालीमा काठमाण्डौ पुगेका छन्, अर्कोथरि कोठे बैठकमा गुड्डी हाँकेर आत्म सन्तुष्टि लिइरहेका छन् । कोही उमेद्वार बन्न सपना देख्नेहरु जागिरे छन् । कोही जग्गा दलाल गर्छन्, कोही पुरानो हुँ भनेर गजक्क पर्छन्, कोही कोट्याउँदा पनि नबोल्ने स्वाँठ छन् । तर सबैलाई मेयर बन्नु प¥या छ ।
भ्रष्टाचार नियन्त्रण हु“दैन रे
अस्तिका दिन एकजना स्वनाम धन्य विद्वानले भन्या कम्निष्ट
सरकार कमाउनिष्टमा रुपान्तरण भएकोले भष्टचार नियन्त्रण गर्ने सक्दैन रे । भन्न पाए भनेर त्यसरी प्याच्च त भन्नु भए नि हौ ? दुई तिहाई वहुमतको सरकार पो हो त ? भ्रष्टाचार नियन्त्रण गर्न मन नलागेर पो नगरेको त । चाहेमा फुत्त मन्तर गरेर गर्दिन्छ । सुन तस्कर,वाइडवडी, वालुवाटार जग्गा प्रकरण निर्मला हत्या काण्ड प्रकरण सबैमा कमाउनिस् टसरकारले संलग्नहरुलाई संरक्षण ग¥या छ रे । हैट † त्यसरी आरोप लगाएर त भए नि † ती विद्वानले त खप्रओ सरकारले भ्रष्टाचार नियन्त्रण गर्नु र मकैबारीको रेखदेख गर्ने जिम्मा बाँदरलाई दिनु उस्तै उस्तै हो सम्म भनेछन् ।
अन्तेमा
नेप्लिज लाँग्रेसका केही मान्छे माने नेताहरु यतिबेला दुवई पुगेर मडियामार गरेर बस्या छन् रे । हुलै बाँधेर किन दुवई गा’ भन्या त वात अर्कै रै’छ । दुवईमा बस्ने नेपाली काँग्रेसका कार्यकर्ताहरुको अवस्था कस्तो छ भनेर बुझ्न गा’ रे । आँची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझै । देशमा रोजगारी नपाएपछि विचराहरु परिवार पाल्न त्यता हान्निएका हुन् । यो सबै जान्दा जान्दै फुइøयाँ दुवई जानु ? आफ्नै देशभित्र रहेका कार्जेकर्ता कुन हालतमा छन् त्यसको जानकारी सम्म नहुने स्वाँठहरुले दुवईका कार्जेकर्ताको अवस्था बुझेर के लछारपाटो लगाउलान् ?

तपाईको प्रतिक्रिया