धरान, २३ साउन ः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र नै रुख ढल्दा दुई जना घाइते भएका छन् भने एउटा टेम्पो पूर्ण रुपमा क्षति भएको छ ।
प्रतिष्ठानको पार्किङक छेउमा रहेको सखुवाको रुख ढल्दा रुखले किचेर जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनकी श्रीमति अन्जली यादव घाइते भएका छन् । घाइतेको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुका अवस्थामा सुधार हुदै आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यस्तै को २ ह ५५६५ न्म्बरको टेम्पोमा समेत पूर्ण क्षति पुगेको छ । छोरा ऋतिक यादव विरामी भएर प्रतिष्ठानको पियाआईसियूमा राखिएको छ । बाटोमा हिंड्दा हिंड्दै रुख ढलेर किचेको घाइते दम्पतिले बताएका छन । दुर्घटना पश्चात घाइते दम्पति र छाराको उपचारसंगै औषधि खर्च प्रतिष्ठानले निशुल्क गर्ने जनाएको छ ।


