भारतीय भूतपूर्व सैनिकहरुको नि:शुल्क जटिल भन्दा जटिल उपचार अब प्रतिष्ठानमा

धरान/नेपालका बसोबास गर्ने सेवा निवृत्त (भूपू) भारतीय सैनिक, उनीहरुमा आश्रित परिवारको अब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै नि:शुल्क रुपमा जटिलभन्दा जटिल
रोगको उपचार हुने भएको छ ।
भारत सरकारले सेवा निवृत्त पश्चात नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका भूतपूर्व सैनिकहरुलाई अmफ्नो अभिन्न अंगको रुपमा लिादै आएको छ । पछिल्ला केही बर्ष यता भारत सरकारले ल्याएको भ्ऋज्क् (भह(कभचखष्अझबल अयलतचष्दगतचष् ज्भबतिज क्अजभझ) प्रावधान अनुरुप स्थानीय स्तरबाटै सम्पूर्ण रोगको उपचार गर्ने योजना अनुरुप पौष १४ गते तदनुरुप २९ डिसेम्बर २०१४, सोमबार भारतीय राजदुतावास काठमाण्डौका
रक्षा सहचरी (म्भाभलअभ ब्ततबअजभ) कर्णेल मानराज मान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस भन्दा अगाडि सेवा निवृत्त भारतीय सैनिकहरु जटिल रोगको उपचार गर्न भारतको बागडोगरा, दिल्ली लगायतका स्थानमा जाने गर्दथे । टाढा गएर उपचार गर्नुपर्दा उनीहरुले शारीरिक र मानसिक पीडा भोग्नु
परेको भन्दै भारत सरकारले उनीहरुलाई स्थानीय स्तरबाटै उपचारको व्यवस्था मिलाएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्नुभन्दा अगाडि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय राजदुतावासका रक्षा सहचरी कर्णेल मनराज मानले भन्नुभयो, नेपालमा १ लाख ५० हजार सेवा निवृत्त भारतीय भूतपूर्व सैनिकहरु बसोबास गर्छन् । उनीहरुले सहज ढंगले यहीका स्तरीय अस्पतालहरुबाट जटिल भन्दा जटिल उपचार सेवा पाउन भन्ने उद्देश्यले आगामी दुई बर्षका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसाग सम्झौता गरेको हो । यस भन्दा अगाडि पोखराको मनिपाल मडिकल कलेजसाग सम्झौता भइसकेको छ । कर्णेल
मनराज मानले भन्नुभयो, भारतमा बसोबास गर्ने भारतीय सैनिकले भारत सरकारबाट जे जति सुविधा पाउाछन् नेपालमा बसोबास गर्नेहरुले पनि त्यति नै सुविधा पाउाछन् । दुई बर्ष अगाडि नै हामीले भ्ऋज्क् कार्यक्रम यहाा लागू गर्नेै प्रयास गरेका थियौ तर हस्पिटल छनौटमा केही ढिला भयो ।
सञ्चारर्मीको जिज्ञासामा रक्षा सहचरी कर्णेल मनराज मानले भन्नुभयो, पूर्वाञ्चलमा ३५ हजार भूतपूर्व सैनिकहरुको बसोबास छ । उनीहरुका आश्रित परिवार समेतले गरी १ लाख भन्दा ज्यादाले नि:शुल्क उपचार
पाउाछन् । उहााले थप्नुभयो, भ्ऋज्क् सम्झौता पश्चात पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकलेमात्र हैन सुदुर पश्चिममा बस्ने भूपूहरुले पनि प्रतिष्ठानबाट उपचार पाउाछन् तर उनीहरुले परिचयपत्रचाहिा बोक्नुपर्छ । उहााले भन्नुभयो उपचार पाउनु
भारतीय सैनिकहरुको नैसिर्गिक अधिकार हो । हजारौ भारतीय भूतपूर्व सैनिकहरुले प्रतिष्ठानमा उपचार गरेपछि सो वापतको रकम भारतीय राजदुतावासले उपलब्ध गराउने भएकोले प्रतिष्ठानको आम्दानी समेत बढ्ने रक्षा सहचरी कर्णेल
मनराज मानको भनाई थियो ।
यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दाशले सम्झैता अनुसार अब भारतीय भूतपूर्व सैनिकहरुले १ जनवरी २०१५ अर्थात २०७१ पौष १७ गतेदेखि प्रतिष्ठानबाट सम्पूर्ण रोगको उपचार नि:शुल्क पाउाछन् । हामीले फ्रेबुअरी १ बाट शुरु गरौ भनेका थियौा तर उहााहरुको जोड जनवरी १ देखि नै भएकोले सोही दिनदेखि योयोजना लागू हुन्छ । उपकुलपति दाशले भन्नुभयो प्रतिष्ठानमा कार्डियोलोजी, कार्डियो
थमरी, न्युरो लगायतका सबै प्रकारको उपचार हुन्छ । ९८.८ प्रतिशत
विरामीहरुको यही उपचार हुन्छ, बाहिर रेफर हुादैन । सामान्य विरामीहरुलाई भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानको हातामा रहेको एमआइरुम, विभिन्न पोलिटेक्निल इस्टिच्यूट, क्लिनिकहरुमा उपचार
हुन्छ । तर जटिल विरामीहरुको प्रतिष्ठानमा उपचार हुन्छ अर्थात त्यहााबट रिफरभएर आएका
विरामीहरुले यहााबाट उपचार
पाउाछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल हस्पिटलको रुपमा लिइदिनु भएकोमा भारतीय राजदुतावासका रक्षा सहचरी कर्णेल मनराज मानलाई धन्यवाद दिनुभयो । सो अवसरमा दुतावासका एसिस्टेन्ट मिलिट्री, एटाची रवि शर्मा, पेन्सन वितरवण कार्यालय धरानका
प्रभारी अधिकारी मे. शतिस पाटिल, मेजर डा. एके सिंह, शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. अरविन्द सिन्हा, प्रा.डा निलाम्बर झा, प्रा.डा सुधा अग्रवाल लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया