धरान/नेपाली कााग्रेसको भगिनी संगठन नेपाल महिला संघ सुनसरीको शनिवार भएको जिल्ला अधिवेशनबाट विजया कटुवाल अत्याधिक बहुमतले आगामी कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
झण्डै चारसय क्रियाशील सदस्य
रहेको नेपाल महिला संघ सुनसरीमा निर्वाचित कटुवालले २ सय २५ मत प्राप्त गर्नुभएको थियो भने उहााको प्रतिद्वन्द्वी ज्योति सुब्बाले १ सय ३५ मत मात्र प्राप्त गर्नुभएको थियो । यसैगरी सचिवमा धरानकी निर्मला शाक्य र कोषाध्यक्षमा ललिता अधिकारी निर्वाचित हुनुभएको छ । प्रत्येक क्षेत्रबाट ५ जना सदस्य निर्वाचित हुने प्रावधान रहेको छ भने सातजनाको मनोनित अध्यक्षको अधिकार भित्र रहने विधानले प्रावधान गरेको छ । कार्यसमितिमा निर्वाचित र मनोनित गरी ३७ जना कार्य समितिमध्येबाटै अध्यक्षले एक उपाध्यक्ष र दुई जना सहसचिव
राख्ने व्यवस्था छ ।
वि.सं. २०३७ सालबाट नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली कााग्रेसको राजनीतिमा सक्रिय रहनु भएकी नवनिर्वाचित अध्यक्ष विजया कटुवालले २०५० सालमा क्रियाशील सदस्यता, २०५४ सालमा पार्टीको क्रियाशील सदस्यता र २०६८ मंसिर २२ गतेदेखि नेपाल महिला संघ सुनसरीको कावा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । स्वाभिमान, स्वच्छ छवि र इमान्दारितालाई आत्मसात गर्दै आउनु भएकी नव निर्वाचित अध्यक्ष कटुवाल विगतदेखि नै पार्टीका हरेक गतिविधिमा सक्रिय रहादै आउनु भएको छ । आगामी दिनमा जिल्लामा संगठनलाई चुस्त र दुरुस्त बनाउन सबै जात जाति, दलित, मुस्लिमहरुलाई समेटेर अगाडि बढ्ने बताउनुहुन्छ ।
