आगलागीबाट ५० लाख बराबरको क्षति

झापा÷ झापाको कन्काई नगरपालिका(५ चत्रामारीका सोमनाथ अधिकारीको घरमा आगलागी हुँदा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ । सोमबार बिहान सवा १० बजे अधिकारीको काठले बनेको टिनको छाना भएको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागि हुँदा घर भित्र रहेको लत्ता कपडा, भाडा वर्तन, खाद्यान्न तथा फर्निचरको समान जलेर नष्ट हुदा सो मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ११ बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो भने आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया