१ नं. प्रदेशमा रहेका धार्मिक क्षेत्रको संरक्षण गर्ने

धरान÷ प्रदेश नं. १ मा रहेका धार्मिक आस्थाका केन्द्रहरुको विकास र प्रवद्र्धन गर्दै संरक्षण गर्ने नीति प्रदेश सरकारले लिएको आन्तरक मामिला तथा कानुन मन्त्री हिकमत काकीले बताउनुभएको छ ।
मन्त्री कार्कीले सोमबार धरान १४ स्थित रहेको पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउने क्रममा यस्तो बताउनुभयो । उहाल प्रदेश नं. १ लाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने गुरु योजना अगाडि सारेसंगै नीति निर्माणमा तहमा समेत यो कुरा उल्लेख गरिएका बताउदै प्रदेश नं. १ मा रहेका ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेका मठ मन्दिरको संरक्षण गर्दै आवश्यक नीति निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाले धरानको पिण्डेश्वर मन्दिर पनि प्रदेश नं. १को महत्वपूर्ण मन्दिर भएकाले यसको प्रवद्र्धन र सरक्षणमा प्रदेश सरकारले जोड दिने बताउनुभयो ।
उहाले प्रदेश नं.१ मा रहेका यस्ता मठमन्दिरहरुको धार्मिक सर्केट बनाउने गुरु योजना बनाएको बताउदै यसमा प्रदेश सरका्रले बजेट समेत छुट्याएका बताउनुभयो । उहाले यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रको धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासमा अब प्रदेश सरकार कुनै पनि हालतमा पछि नपर्ने स्पष्ट पार्नुभयो ।
उहाले पिण्डेश्वर मन्दिरमा अहिले नेपालबाट मात्र हैन भारतबाट समेत भक्तजनहरु आउने क्रम बर्षेनी बढ्दै गएको बताउनुभयो । उहाले यस्ता क्षेत्रका विकास विना प्रदेश सरकारले ल्याएको धार्मिक पर्यटकीय क्षेत्र बनाउने गुरु योजना हुन नसक्ने स्पष्ट
पार्नुभयो । उहाका अनुसार प्रदेश नं. १ मा रहेका १४ जिल्लाका धार्मिक महत्व बोकेका मठ मन्दिरको संरक्षणसंगै धेरै भन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले लिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया