संखुवासभा÷ पौडी खेल्ने क्रमम डुबेर एक जनाको मृत्यु भएको छ ।
संखुवासभाको खाँदवारी नगरपालिका–९ का ४५ बर्षीय ऋषिकेश निरौलाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सोमबार दिउँसो सांढे १ बजेको समयमा खाँदवारी नगरपालिका–९ मा रहेको सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका निरौलालाई अन्य पौडी खेलिरहेका साथीहरुले उद्धार गरी उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा साँढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

