उदयपुर र सुनसरीमा एम्बुलेन्स दुर्घटना ११ जना घाइते

विराटनगर÷ उदयपुर र सुनसरीमा मंगलबार बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् ।
झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका–६ चुरेमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका–६ का सदहरुल मिया, उनका २८ बर्षीया छोरी सहिजा मिया, सोही स्थान बस्ने ३५ बर्षीय मोहमद हमिद, बर्ष ४० की सहिपुन खातुन, बर्ष ७५ की हजरा खातुन, त्रियुगा नगरपालिका–१२ की ३२ बर्षीय अम्बिका बि.क. र उनका ११ बर्षीया छोरा अशोक बि.क. घाईते भएका हुन् ।
घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका–१ बाट सुत्केरी बोकेर
बिराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका–२ को थलाहा पुलमा आज बिहान ३ बजे ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका–१ की ३२ बर्षीया सबिना बास्तोला , उनका श्रीमान ३६ बर्षीय खेम बहादुर बास्तोला, सोही स्थानका ३६ बर्षीय सिताराम बास्तोला घाईते भएका थिए ।
घाइतेहरुको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ भने चालक सोही स्थानका २८ बर्षिय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया