सुनसरी÷सुनसरीको ईटहरी उपमहानगरपालिका–२० पानिपियाको जंगलमा बुलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजेको समयमा धरानबाट ईटहरीतर्फआउदै गरेको को २९प ४१९५ नम्बरको मोटरसाइकललाई धरानबाट इटहरीतर्फ आउदै गरेको ना २ च ६६८९नम्बरको बुलेरोले ठक्कर दिएको थियो । बुलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालक सुनसरीको धरान–८बस्ने बर्ष अन्दाजी २२÷२३को संजु गुरुङलाई ईटहरीबाट धरानतर्फ जादै गरेका ेमे.१ ख २०४५नम्बरको बसले किच्दा घटनास्थलमै उनको मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी तरहराबाट प्रहरीको टोली खटिएएको थियो । बुलेरो चालक उदयपुरकोबेलटार(३ बस्ने वर्ष ४२ को सन्तमान याक्खा, बस चालक झापाको मेचीनगरपालिका–१बस्ने वर्ष४३ को रमेश खतिवडालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ ।
