धरान÷अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल खेलको विकासका लागि स्थानीय क्लबहरुसंंग सहकार्य गरेर खेलाडी उत्पादनलाइ जोड दिने भएको छ ।
विश्वमै फुटबल खेलको लोकप्रियता बढ्दै गएको बेला एन्फाले नेपालमा पनि राष्टिूय तथा अन्तर्राष्टिूय खेलाडी उत्पादनमा क्लबहरुसंग सहकार्य गरेर फुटबल खेलको गतिविधिलाई बढाउने भएको हो ।
केही समय अगाडि जिल्ला, प्रदेश स्तरीय लिंग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको एन्फाले अब बालबालिकाहरुलार्ई फुटबल खेलको प्रशिक्षण गराई खेलाडी उत्पादनमा जोड दिने अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले बताउनुभयो । उहाले स्थानीय क्लबहरुसंग सहकार्य गरेर खेलाडी उत्पादनलाई जोड दिन बताउनुभयो ।
धरान फुटबल फ्यान क्लबले आयोजना गरेको दश दिने समर क्याम्पको समापन कार्यक्रममा सहभागी हुन आउनु भएका एन्फाका प्रवक्ता राईले विगतमा विद्यार्थीहरुलाई समावेश गरेर एन्फाले प्रशिक्षण दिदै आएको बताउदै अब स्थानीय क्लबहरुसंग सहकार्य गरेर यसलाई यसलाई अझ तिब्रता दिने बताउनुभयो ।
यता चिकित्सकहरुले भने सानै उमेरदेखि बालबालिकालाई खेलप्रति अभिरुचि जगाउदा शारीरिक तथा मानसिक रुपमा बालबालिका सवल बन्ने बताएका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक डा विष्णु पोखरेलले खेलकुदका गतिविधिबाट विद्यार्थीको हड्डी र मांसपेशी दह्रो हुने र घामबाट पाउने भिटामिन डी समेत प्रर्याप्त मात्रमा पाउने भएकोले खेलकुदले शारीरिक तथा मानसिक रुपमा बालबालिका सवल भन्ने धारणा राख्नुभयो ।
खेलकुदल बालबालिकालाई भाइचारा सम्बन्ध विस्तार गर्न समेत ठूलो सहयोग पुग्ने उहाल बताउनुभयो । गत बर्षदेखि विद्यालयका विद्यार्थीहरुका विदाको सदुपयोग गर्र्दै समर फुटबल क्याम्पको आयोजना गर्दै आएको धरान फुटबल फ्यान क्लबले यस बर्ष पनि निरन्तता दिएकोप्रति अभिभावक समेत दग छन् । अभिभावक रोहित राईले धरानको फुटबल खेल खस्किदै गएको अवस्थामा यस्ता खेलले फुटबलको मिनी ब्राजिल भनेर चिनिएको धरानको फुटबल खेलमा ठूलो सहयोग पुग्न बताउनुभयो ।
विद्यार्थीहरुले पनि यस्ता खालका प्रशिक्षणले आफूहरुले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । समर क्याम्पमा १० दिने टूेनिङमा सहभागी भएका विजयपुर बोर्डिङ स्कुलमा कक्षा १०मा अध्ययनरत प्रनयजंग थापाले खेलमा अभिरुची ्राख्नेका लागि यसले एउटा इटा थपिदिएको महसुस भएको बताउनुभयो ।
गत बर्षदेखि शुरु गरेको समर क्याम्पसमा यसपटक १ सय जना विद्यार्थी सहभागी थिए । साउन ६ गतेदेखि शुरु गरेको प्रशिक्षणका
दौरानमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियोे । यस्ता खालका प्रशिक्षणले खेलप्रति रुचि
राख्ने विद्यार्थीलाई ठूलो सहयोग पुग्ने त छदैछ भविष्यमा दक्ष खेलाडी उत्पादनमा समेत सहयोग पुग्न खेलप्रेमीहरुका बुझाई छ ।
