दिक्तेल (खोटाङ्ग)÷नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङ्गले दुवै हात जलेका एक पाँच महिने बालकलाई आर्थिक सहयोग गरेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारका लागि खोटाङ्गको केपीलासगढी गाउँपालिका वडानं. ४ बाक्सिालाकी निर्मला
राईका कान्छा छोरा प्रवीण राईलाई तरुण दलले आइतबार १ लाख १३ हजार ३ सय ६५ रुपैया सहयोग गरेको हो । शुक्रबार मध्यान्ह आफ्नै दाजुसँग खेलिरहेका बालक एक्कासी अगेनामा परेका थिए । अगेनामा परेका बालकको दुवै हात, निधार र शरिरका विभिन्न भागमा पोलेको थियो । तत्काल उनलाई उपचारका लागि दिक्तेल जिल्ला अस्पताल पु¥याइएको भएपनि उनका दुवै हातका औंलाहरु पूर्ण रुपले जलेका कारण कामै नलाग्ने भएकोले थप उपचार गर्नका लागि जिल्ला बाहिर लैजान आर्थिक संकलन गरेर सहयोग गरेको नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो । बालकलाई थप उपचारका लागि काठमाण्डौ स्थित कान्ति बाल अस्पताल रिफर गरिएको खोटाङ्ग जिल्ला अस्पतालका निमित्त प्रमुख नविन देवकोटाले बताए ।
