विराटनगरमा झण्डै सातसय उद्योगमा दश हजार भन्दा बढी भारतीय मजदुरहरु कार्यरत रहेको आंकलन अनिवार्य पान नम्बरको प्रावधान सरकारले ल्याएपछि भारतीय कामदार व्यवसायीको विवरण संकलन

विराटनगर÷नेपालमा रहेका आफना नागरिकहरुप्रति अत्यन्तै सम्वेदनशील रहेको भारत सरकारले पछिल्लो पटक उनीहरुको विवरण संकलन गर्ने कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको छ ।
गत फ्रुब्रअरीमा संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत भारतीय नागरिक तथा मजदुहरुको विवरण संकलन गर्ने हेतुले भारतीय दुतावास मार्फत रजिस्ट्रेशन क्याम्प सञ्चालन गरेको थियो भने हाल नेपाल सरकारले मजदुहरुले अनिवार्य पान नम्बर लिनुपर्ने व्यवस्था गरेपछि विराटनगरमा रहेका भारतीय कामदार, मजदुर तथा व्यवायीहरुको धमाधम विवरण संकलन गरी रजिष्ट्रेशन गर्ने काम भइरहेको छ । भारतीय मजदुरहरुलाई सुविधा प्रदान गर्न मोरङ व्यापार संघमा दर्ता साउन ११ गतेदेखि १३ गतेसम्म रजिष्ट्रेशन अभियान थालिएको हो ।


मोरङ्ग व्यापार संघ र भारतीय राजदुतावासको संयुक्त आयोजनामा भएको शिविर शनिवारबाट शुरु भएको थियो । मोरङ्ग व्यापार संघका एक पदाधिकरीका अनुसार यस क्षेत्रमा अध्ययनरत तथा व्यवसाय गर्दै आएका भारतीय नागरिकहरुलाई सुविधा दिन मोरङ व्यापार संघकै आग्रहमा दुतावासले तीनदिने शिविर सञ्चालन गरेको हो । अबका दिनमा नेपालमा काम गर्ने र अध्ययन गर्ने भारतीय नागरिकहरुलाई आर्थिक कारोबार गर्न या अन्य कुनै काम गर्न परिचय पत्र आवश्यक पर्छ । विराटनगर र सुनसरीका अ‍ैद्योगिक करिडोरमा कोही महिनावारी रुपमा काम गर्छन् भने कोही दैनिक ज्लालादारीको रुपमा कम गर्देे आएका छन् । यसका अलावा अध्ययनका लागि विराटनगरमा ठूलो संख्यामा मेडिकल शिक्षा लिने र अन्य विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ठूलो संख्या रहेको छ । हुन त यस प्रकारको शिविर गत बर्ष पनि सञ्चालन गरिएको थियो ।
यद्यपि भारतमा काम गर्न र पढ्न जाने नेपाली विद्यार्थीको संख्यापनि ठूलो रहेको छ । भारतीय विद्यार्थीहरु समेत नेपालमा अध्ययन गर्न आउनेको ठूलो संख्या छ । नेपालमा बस्दा यहाँको सरकारी सेवा सुविधा लिने, बैकिङ्ग कारोबार गर्न परिचयपत्रको आवश्यकता पर्दछ । यस्ता विद्यार्थी, कामदार, व्यवसायीहरुलाई सम्बन्धित देशको दुतावासले परिचयपत्र प्रदान गर्दछ । दैनिक काम गर्ने मदजदुहरुले, भारतीय दुतावास काठमाण्डौसम्म गएर परिचय पत्र बनाउन सम्भव नभएका कारण भारतीय दुताबासले मोरङ्गमै आएर क्याम्प सञ्चालन गरेको हो ।
मोरङ्ग व्यापार संघ मार्फत २ हजार भारतीय नागरिकहरुको दर्ता भएको छ । रजिष्ट्रेशनका लागि भारतीय राजदूतावास काठमाण्डौसँग समन्वय गरी मोरङ्ग व्यापार सघले आयोजना गरेको रजिष्ट्रेशन क्याम्पसको तेस्रो दिन २५ सयको निवेदन परेपनि आवश्क कागजातको अभावमा दुई हजारकोमात्र रजिष्ट्रेशन भएको मोरङ्ग व्यापार संघले जनाएको छ । यद्यपि संकलित आवेदनलाई दुतावासले काठमाण्डौ लिएर गएको र पछि प्रमाणपत्र वा परिचय पत्र पठाइदिने जनाएको छ । यस भन्दा अगाडि २०७५ पौषमा आयोजित एक दिने क्याम्पसमा यहाँ कार्यरत, अध्ययनरत करिब ५ सय भारतीय नागरिकहरुको दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया