विराटनगरमा दहेजमुक्त कार्यालय

विराटनगर÷मिथिला समुदायमा दहेजका कारण छोरी चेलीहरुले अनाहक रुपमा पति या परिवारबाट याताना भोग्नु परेको, हत्याका घट्नाहरु समेत हुने गरेको र माइतीपक्षले समेत सदैव तनावमा रहनु परेको भन्दै जनचेतनाका लागि विराटनगरमा दहेजमुक्त मिथिला कार्यालयको शाखा स्थापना गरिएको छ ।
दहेजमुक्त मिथिला शाखा विराटनगरको अध्यक्षमा करुणा झा रहनु भएको छ भने समितिका अन्य पदाधिकारीमा डा. वैधनाथ चौधरी वैजु, डा. महेन्द्र नारायण राम, प्रो जीवनकान्त मिश्र लगायत ९ जनाको कार्यसमिति बनाइएको छ । लामो समयदेखि मिथिला भाषा, साहित्य, कला सँस्कृतिको उत्थानमा सक्रिय रहनु भएका अन्तर्राष्ट्रिय संयोजक प्रवीण नारायण चौधरीका अनुसार दहेज समस्या नेपालको मात्र नभएर भारतका लागि समेत टाउको दुखाइको विषय हो । दहेजमुक्त मिथिला कार्यालय
विराटनगरमा जुन स्थापना गरिएको छ यो भारतकै एउटा शाखा हो । दहेजका सम्बन्धमा हामीहरु संयुक्त रुपले जनचेतना अभिवृद्धि गर्ने कार्यमा लाग्छौं अन्तर्राष्ट्रिय संयोजक चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया