अब यो मुलुकमा निर्मलाहरुले न्याय पाउँदैनन् निर्मलाहरुको नयायािकालागि सडकमा उठ्ने आवाजहरु राज्यका संयन्त्र प्रयोग
गरेर वुटले दबाइन्छ, अधिकारीकर्मीहरुलाई मणि हराएको सर्पझै बनाइन्छ स्कूल तथा कलेजका विद्याथीको टाउको फुटाइन्छ ।
कञ्चनपुर उल्टाखामकी १४ बर्षीया निर्मला पन्तको बलात्कारपछि पासविक हत्या भएको एकबर्ष वित्यो । तर सरकारले त्यस्तो जघन्य अपराधमा संलगन हुनेहरुलाइर्ए आजसम्म प्रक्राउ गर्न सकेको छैन । कहिले मानसिक सन्तुलन विग्रिएकालाई बलत्कारी र हत्यारा प्रमाणित गर्न खोज्छ, कहिले कुखुरा काटेर जिविकोपर्जन गर्नेलाई गिराफ्तार गरेर यातना दिएर बलात्कारी र हत्यारा प्रमाणित गर्न खोज्छ ।
असली हत्याराको संरक्षण गरेर निर्दोषलाई प्रमाणित गर्नै उद्यत सरकारबाट अब मुलुकका कुनै पनि निर्मलाहरुले कहिल्यै न्याय पाउँदैनन् । जबसम्म मुलुकमा सरकरको नभएर भ्रष्टहरुको जमात सक्रिय हुन्छ तबसम्म निर्मलाहरु बलत्कृछ भइरहन्छन्, । उनीहरुको हत्या भइरहन्छ । भर्खरैमात्र नागरिकको सुरक्षाको जिम्मा लिएर अकुत सुविधा गरिबसेका गृहमन्त्री रामबहादुर थापाले निर्लज्जतापूर्वक निर्मालाको बलात्कार र हत्या स्वभाविक भएको प्रतिक्रिया दिए । हिजो पनिनिर्मलाहरुबलत्कृत भएर मारिएका थिए आज पनि बलत्कृत भएर मारिएका छन् र भोलि पनि बलत्कृत भएर मारिन्छन् भन्नु एउटा जिम्मेवार व्यक्तिको मुखबाट निस्कने शब्द होइन ।
यस्तो तल्लो स्तरको घधटिया अभिव्यक्तिदिने गृहमन्त्री रामबहदाुर थापा आम नेपालीकालागि घृणाका पात्र भएका छन् । अब नागरिकले राज्यका तर्फबाट शान्ति सुरक्षाको अपेक्षा गर्नुको तुक रहेन । हुन त गृहमन्ी रामबहादुर थापाले निर्मलाका सम्बन्धमा हल्का रुपमाजे जतिशब्द खर्चिए त्यो स्वभाविक पनि हो । मानवीय क्षतिर सम्बेदनापैति गृहमन्त्री थापाको विगतले नै पष्ट पार्छ । कथित जनयुद्धकानामाम १७ हजार सामान्यनागरिकको हत्या, हजरौलाई अपांगर घाइते, लाखौ विस्थापित गने इतिहास बोकेर आएका थापाले निर्मालाहरुलाई न्याय देलान् भनेर कल्पना गर्नुपनि व्यर्थ हुन्छ । उनका कुनैपनि आफन्त र सन्तानको बलातकारपछि पासविक हत्या भएको छैन, परिवारमा त्यसे जघन्य अपराधक नभएपििछ त्यसको पीडा महसुस र्ने कुरा पनि भएन ।गृहमन्त्रीको अभियक्ति सुनिसकेपछि निर्मलाका बाबु–आमामा थप पीडत थपिएको छ । उनीहरु राज्यले न्याय दिन्छ भन्ने आशा मारिसकेका छन् ।
नागरिकहरुले जन्मेखि मृत्यु सम्म राज्यलाई पाइलापाइलामा करतिरेका हुन्छ् । कर तिर्नुको प्रमुख उद्देश्य राज्यबाट संरक्षत हुनलाई हो । जिउधनको सुरक्षाकालागि हो । जब राज्यले नागरिकको जिउधनको सुरक्षा गर्न सक्दैन ।त्यसबेला नागरिकको आक्रोस शासकप्रति बढ्दै जान्छ । पञ्चायतमा नागरिक जति सरक्षत एि त्यसपछिका दिनहरुडर, संन्त्रासबाट गुज्रद ै गएको छ । नागरिकले आफूलाई पञ्चायत भन्दा पनि थप सुरक्षित महसुस गर्नपाइन्छ कि भनेर प्रजातान्त्रिक आन्दोलनमा २०४६ सालमा सडकमा आए । त्यसपछि २०६२÷०६३ को लोकतान्त्रिक आनेलनमा सडकमा आए । हत्या र हिंसाका पात्रहरुलाई सुधार्न सत्तामा पु¥याए । तर आज निरास बन्न पुगेका छन् । नागरिकहरु अब विकल्पको खोजीमा लागेका छन् । निर्मलाको बलात्कार पछि हत्या भएको केही समयपछि मुलुकभरिविरोधमा स्वरहरु घन्कदै गएको थियो । त्यबेला मुलुकमा कार्यकारी अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा १२ बर्ष पछि पत्ता लाग्छ भनेर बोलेका थिए । ओलीको उक्त अभिव्यक्ति र गृहमन्त्री रामबहादुर थपाले हालसालै दिएको अभिव्यक्ति बीचमा प्रष्ट रुपमा तालमेल देखिन्छ । राज्इवास्तविक हत्यारा र बलात्कारीलाई कारबाही गर्ने मनस्थितिमा छैन । त्यसैले निर्मालाका हत्याराहरु प्रक्राउ पर्न नसकेका हुन् । हत्यारा र बलात्कारीहरु राज्य सञ्चालककै निकट छन् । उनीहरु उच्च राजनैतिक पहुँचका कारण सार्वजनिक नभएका हुन् । यो वास्तविकता आम नागरिकले बुझलेका छन् । तर के राजनैतिक पहुँचका आधारमा अपराधीलाई राज्यले संरक्षण गर्न मिल्छ ?

