अब यो मुलुकमा निर्मलाहरुले न्याय पाउदैनन्

अब यो मुलुकमा निर्मलाहरुले न्याय पाउँदैनन् निर्मलाहरुको नयायािकालागि सडकमा उठ्ने आवाजहरु राज्यका संयन्त्र प्रयोग
गरेर वुटले दबाइन्छ, अधिकारीकर्मीहरुलाई मणि हराएको सर्पझै बनाइन्छ स्कूल तथा कलेजका विद्याथीको टाउको फुटाइन्छ ।
कञ्चनपुर उल्टाखामकी १४ बर्षीया निर्मला पन्तको बलात्कारपछि पासविक हत्या भएको एकबर्ष वित्यो । तर सरकारले त्यस्तो जघन्य अपराधमा संलगन हुनेहरुलाइर्ए आजसम्म प्रक्राउ गर्न सकेको छैन । कहिले मानसिक सन्तुलन विग्रिएकालाई बलत्कारी र हत्यारा प्रमाणित गर्न खोज्छ, कहिले कुखुरा काटेर जिविकोपर्जन गर्नेलाई गिराफ्तार गरेर यातना दिएर बलात्कारी र हत्यारा प्रमाणित गर्न खोज्छ ।
असली हत्याराको संरक्षण गरेर निर्दोषलाई प्रमाणित गर्नै उद्यत सरकारबाट अब मुलुकका कुनै पनि निर्मलाहरुले कहिल्यै न्याय पाउँदैनन् । जबसम्म मुलुकमा सरकरको नभएर भ्रष्टहरुको जमात सक्रिय हुन्छ तबसम्म निर्मलाहरु बलत्कृछ भइरहन्छन्, । उनीहरुको हत्या भइरहन्छ । भर्खरैमात्र नागरिकको सुरक्षाको जिम्मा लिएर अकुत सुविधा गरिबसेका गृहमन्त्री रामबहादुर थापाले निर्लज्जतापूर्वक निर्मालाको बलात्कार र हत्या स्वभाविक भएको प्रतिक्रिया दिए । हिजो पनिनिर्मलाहरुबलत्कृत भएर मारिएका थिए आज पनि बलत्कृत भएर मारिएका छन् र भोलि पनि बलत्कृत भएर मारिन्छन् भन्नु एउटा जिम्मेवार व्यक्तिको मुखबाट निस्कने शब्द होइन ।
यस्तो तल्लो स्तरको घधटिया अभिव्यक्तिदिने गृहमन्त्री रामबहदाुर थापा आम नेपालीकालागि घृणाका पात्र भएका छन् । अब नागरिकले राज्यका तर्फबाट शान्ति सुरक्षाको अपेक्षा गर्नुको तुक रहेन । हुन त गृहमन्ी रामबहादुर थापाले निर्मलाका सम्बन्धमा हल्का रुपमाजे जतिशब्द खर्चिए त्यो स्वभाविक पनि हो । मानवीय क्षतिर सम्बेदनापैति गृहमन्त्री थापाको विगतले नै पष्ट पार्छ । कथित जनयुद्धकानामाम १७ हजार सामान्यनागरिकको हत्या, हजरौलाई अपांगर घाइते, लाखौ विस्थापित गने इतिहास बोकेर आएका थापाले निर्मालाहरुलाई न्याय देलान् भनेर कल्पना गर्नुपनि व्यर्थ हुन्छ । उनका कुनैपनि आफन्त र सन्तानको बलातकारपछि पासविक हत्या भएको छैन, परिवारमा त्यसे जघन्य अपराधक नभएपििछ त्यसको पीडा महसुस र्ने कुरा पनि भएन ।गृहमन्त्रीको अभियक्ति सुनिसकेपछि निर्मलाका बाबु–आमामा थप पीडत थपिएको छ । उनीहरु राज्यले न्याय दिन्छ भन्ने आशा मारिसकेका छन् ।
नागरिकहरुले जन्मेखि मृत्यु सम्म राज्यलाई पाइलापाइलामा करतिरेका हुन्छ् । कर तिर्नुको प्रमुख उद्देश्य राज्यबाट संरक्षत हुनलाई हो । जिउधनको सुरक्षाकालागि हो । जब राज्यले नागरिकको जिउधनको सुरक्षा गर्न सक्दैन ।त्यसबेला नागरिकको आक्रोस शासकप्रति बढ्दै जान्छ । पञ्चायतमा नागरिक जति सरक्षत एि त्यसपछिका दिनहरुडर, संन्त्रासबाट गुज्रद ै गएको छ । नागरिकले आफूलाई पञ्चायत भन्दा पनि थप सुरक्षित महसुस गर्नपाइन्छ कि भनेर प्रजातान्त्रिक आन्दोलनमा २०४६ सालमा सडकमा आए । त्यसपछि २०६२÷०६३ को लोकतान्त्रिक आनेलनमा सडकमा आए । हत्या र हिंसाका पात्रहरुलाई सुधार्न सत्तामा पु¥याए । तर आज निरास बन्न पुगेका छन् । नागरिकहरु अब विकल्पको खोजीमा लागेका छन् । निर्मलाको बलात्कार पछि हत्या भएको केही समयपछि मुलुकभरिविरोधमा स्वरहरु घन्कदै गएको थियो । त्यबेला मुलुकमा कार्यकारी अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा १२ बर्ष पछि पत्ता लाग्छ भनेर बोलेका थिए । ओलीको उक्त अभिव्यक्ति र गृहमन्त्री रामबहादुर थपाले हालसालै दिएको अभिव्यक्ति बीचमा प्रष्ट रुपमा तालमेल देखिन्छ । राज्इवास्तविक हत्यारा र बलात्कारीलाई कारबाही गर्ने मनस्थितिमा छैन । त्यसैले निर्मालाका हत्याराहरु प्रक्राउ पर्न नसकेका हुन् । हत्यारा र बलात्कारीहरु राज्य सञ्चालककै निकट छन् । उनीहरु उच्च राजनैतिक पहुँचका कारण सार्वजनिक नभएका हुन् । यो वास्तविकता आम नागरिकले बुझलेका छन् । तर के राजनैतिक पहुँचका आधारमा अपराधीलाई राज्यले संरक्षण गर्न मिल्छ ?

तपाईको प्रतिक्रिया