बोलबममा विदेशबाट पनि भक्तजनहरु आउन थाले

धरान÷ नेपालका धार्मिक, सांस्कृतिक परम्पराप्रति नेपालमा मात्र हैन विदेशमा समेत सकारात्मक सन्देश प्रवाह हुदै गएको छ ।
यसमा पनि साउन महिनाको सोमबार शिवजीको प्रिय बार भएकोले बोलबको समेत महत्व बढ्दै गएको छ । साउनको पहिलो सोमबार बर्षादको कुनै प्रवाह नै नगरी शिवालयहरुमा जल चढाउने भक्तजनहरुको भीड बढ्दै गएको छ । बोलबममा नेपालभरिमा मात्र हैन भारतका भक्तजनहरु समेत आउन थालेका छन् ।
स परिवार भारतको सिक्किमबाट धरानको बोलबमको महिमा सुनेरै सोमबार जल चढाउन सिक्किमका नारायण खतिवडा धरानका पिण्डेश्वर मन्दिरमा पुग्नुभयो । नेपालको धर्म, संस्कृति र परम्पराको खुलेर प्रसंसा गर्नुहुने उहा जल चढाउनकै आइतबार धरान आइपुग्नुभएको र सोमबार पिण्डेश्वर मन्दिरमा जल चढाउन आइपुग्नुभएको बताउनुहुन्छ । धरानको धार्मिक पर्यटकीय क्षेत्र अत्यन्तै सुन्दर भएको बताउदै धरानमा रहेका बुढासुब्बा, दन्तकालीमा समेत दर्शन गरेर पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको उहाले बताउनुभयो ।
उहाले नेपालका धार्मिक, सांस्कृतिक परम्परा संसारकै उत्कृष्ट रहेका बताउदै अब यसलाई युवा पुस्ताले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसो त जल चढाउनेका लाइनमा युवा पुस्ताको कुनै कमी थिएन । चल चढाउदा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास लिएरै उनीहरु जल चढाउन आएको बताउने गरेका छन् । विराटनगरबाट ११ जनाको टिमसहित गेरु वस्त्र भन्दा पनि भिन्दै प्रकारका पहेलो वस्त्र लगाएर आएका युवतीहरुले पनि पिण्डेश्वर मन्दिरमा जल चढाउदा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास व्यक्त गरे । विरानगरको पुष्पलाल चौकमा डान्स सेन्टरमा डान्स सिकिरहेका उनीहरुमध्ये इन्दिरा रेग्मीले श्रावण महिनाको सोमबार शिवजीको प्रिय वार भएका कारण चल चढाउदा मनोकांक्षा पूरा हुने विश्वासका साथ यहा आएको बताउनुभयो ।
त्यसो त २०३९ सालदेखि शुरुवात भएको बोलबमको महिमा दिनप्रतिदिन चुलिदै गएको पिण्डेश्वर बाबाधाम समितिका सदस्यहरु ब्ताउछन् । कुन कुन सोमबार अन्धशुक्ल पर्ने गरेका कारण कम भक्तजन आउने पनि साउन महिना भरि लाखौ भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने गरेको पिण्डेश्वर बाबाधाम समितिका सदस्य प्रेमप्रसाद पौड्याल बताउनुहुन्छ ।
नेपालमा संघीयता कायम भएसंगै तीन तहको संरचना निर्माण भएपछि भने यस्ता क्षेत्रका विकासमा सरकारले ध्यान दिन थालेपछि यस्ता क्षेत्रको महिमा चुलिदै गएका छ । प्रदेश १ कै प्रमुख धार्मिक तिर्थ स्थल धरानको १४ रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर वावाधाम मात्र हैन झापाको अर्जुनधारा , खोटाङको हलेसी , सुनसरीको रामधुनि लगायतका शिवालयहरुमा समेत अहिले भक्तजनहरुको अत्याधिक भीड बढ्न थालको छ । नेपालले पर्यटन बर्ष २०२० लाई भव्यतासाथ मनाउने तयारी गरिरहेका बेला यस्ता क्षेत्रको प्रवद्र्धनमा ध्यान दिन सक्नुपर्छ र नेपालका धार्मिक, सांस्कृतिक परम्परालाई युवापुस्तासम्म पु¥याउदै विश्वसामू यस्ता परम्पराको प्रचार प्रसार गर्न सके पक्कै पनि नेपाल सरकारले लिएको लक्ष्य पूरा हुनेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया