स्थानीयको सक्रियामा प्रहरी विट भवन निर्माण

धरान÷ धरान १५ लागू औषधको अखडासंंगै धेरै जनसंख्या भएको वडा भएका कारण छुट्टै स्वास्थ्य चौकीका आवश्यकता महसुस गरी स्थानीय स्रोत साधन, धरान उपमहानगरपालिका र प्रदेश सरकारको सहयोगमा धरान १५ मा स्थायी प्रहरी विट सम्पन्नसंगै शुक्रबारबाट सुचारुसमेत गरिएको छ ।
निर्माण सम्पन्न भवनको प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी, एक नं. प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवाली, धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।
२८ हजार जनसंख्या रहेका धरान १५ लाई लक्षित गरी सो वडाको शान्ति सुरक्षालाई मध्यनजर गरी एक बर्ष अगाडि भदौमा स्थानीय हिमाल दाहालको संयोजकत्वमा निर्माण समिति बनाई प्रहरी विटको निर्माण कार्य शुरु गरिएको थियो ।
०७५भदौ २९ गते शिलान्यास गरिएको सो भवन १८ लाखको लागतमा ६ कोठे भवन निर्मा गरिने भएको भए पनि अहिले त्यसको लागत २० लाख भन्दा बढी लागत पुगेको निर्माण समितिले जनाएको छ ।
समितिका अध्यक्ष हिमाल दाहालले वडामा बस्दै आएको अस्थायी प्रहरी विटबाट जनताले सोचेजस्तो शान्ति सुरक्षाको महसुस गर्न नपाएकोले पनि अस्थायी प्रहरी विटको निर्माण गरिएको बताउनुभयो । उहाले अन्यत्रको भन्दा यो विट सुविधा सम्पन्न भएको बताउनुभयो । ६ कोटाको एक तले भवनमा दुई वटा सिटिङ रुम, महिला र पुरुषको छुट्टा छुट्टै थुनुवा घर र अफिस प्रयोजनका लागि कार्यालय कोठा निर्माण गरिएको बताउनुभयो ।
सो अवसरमा निर्माण समितिकी कोषाध्यक्ष शान्ता अधिकारीले निर्माणमा भएको आर्थिक गतिविधि प्रस्तुत गर्नुभएको थियो । उहाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार अस्थायी प्रहरी विट निर्माणका लागि जनश्रमदानबाट ८ लाख ३० हजार, प्रदेश सरकारबाट १० लाख, धरान उपमहानगरपालिकाबाट २ लाख गरी २० लाख ८० हजार उठेको र निर्माणमा २० लाख ७२ हजार खर्च भएको बताउदै अहिले ९ लाख रुपैया बैंकमा बचत रहेको बताउनु भएको थियो । उद्घाटनका अवसरमा एक नं. प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवाली, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने, धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी, धरान १५ का वडा अध्यक्ष नरेश इवारम लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया