भारतीय बजारको आधारमा नेपाली अदुवाको मूल्य निर्धारण

धरान÷भारतीय बजारको आधारमा नेपाली अदुवाको मुल्य निर्धारण हुँदा यहाँका व्यवसायीहरु मारमा पर्ने गरेका छन् । केही दिन अघि सम्म भारतीय बजारमा उच्च रहेको अदुवाको मुल्यमा एक्कासी गिरावट आए पछि नेपाली अदुवा व्यापारीहरु चिन्तित बनेका छन् ।
धरान स्थित कृषि उपज बजार स्थलका अनुसार गत विहिबार र शुक्रबार नेपाली अदुवाको मुल्य अहिले सम्मकै उच्च रह्यो । अदुवाको उत्पादनमा कमी आउँदा र भारतीय बजारमा माग बढ्दै गएकाले पनि अघिल्लो वर्षहरुको तुलनामा तेब्बर मुल्य वृद्धि भयो । तर आइतबार देखि भारतीय बजारमा भारतमै उत्पादन भएका अदुवा आउन थाले पछि एकाएक नेपाली अदुवाको मुल्यमा गिरावट आउँदा नेपाली अदुवा व्यवसायीहरुले घाटा व्यहोर्नु परेको अदुवा व्यवसायी विनोद कुलुङ्गले बताउनुभयो ।
व्यापारीका अनुसार भारतीय बजारमा प्रति केजी १ सय ४० रुपैया भारु मा बिक्रि भईरहेको नेपाली अदुवा अहिले १ सय रुपैया भारुमा झरेको छ । ४० प्रतिशतले मुल्यमा गिरावट आए पछि लाखौंको नोक्सानी व्यहोर्नु परेको छ । भारतीय बजारको दरभाउको आधारमा नेपाली मुल्य निर्धारण हुने भएकाले अदुवाको कारोबार जोखिमपुर्ण रहेको कृषि उपज बजार सञ्चालक समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
पछिल्लो सयम अदुवाको निकासी सहज भएको छ तर उत्पादनहरु गुणस्तरिय हुन नसक्दा भारतकै दरभाउमा भर पर्नुपरेको छ । दिल्लीको एक हप्ता अघिको मुल्यको आधारमा खरिद गरिएको अदुवा एक हप्ता पछि मात्रै दिल्ली पुग्छ । त्यसबेला सम्ममा मुल्य घटबढ हुँदा व्यवसायीले ठुलो नोक्सानी व्यहोर्नु परेको छ ।
नेपालको काकडीभिट्टा, विराटनगर जोगबनी, भैरहवानाका हुूदै भारतको नयाू दिल्ली, मुम्बइसम्म सिधै नेपाली अदुवा पुग्ने गरेको कृषि बजारले जनाएको छ । कृषि बजारमा अदुवाको स्रोत धरानको विष्णुपादुका, पाचकन्या, मोरङको उत्तरी भेग, धनकुटा, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, पाचथरलगायत रहेको छ । धनुकटाबाट ५० प्रतिशत अदुवा कृषि बजार भित्रिने बजार व्यवस्थापक भट्टराई बताउनु हुन्छ् । नेपाली अदुवा १० प्रतिशत स्वदेशमा खपत हुने र बाकी ९० प्रतिशत भारत निकास हुने गरेको छ । नेपाली अदुवा कृषकको जीवन स्तर उकास्ने हो भने नेपालकै दरभाउमा भारत निकासी गर्न पाउने वातावरण मिलाउनुपर्छ भने नेपालमा पनि बजारको खोजी गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया