प्रहरी नै लागू औषध र अपराधिक क्रियाकलापमा संलग्न

धरान÷ आपराधिक क्रियाकलापमा प्रहरी पनि संलग्न रहेको पाइएको छ ।
आपराधिक क्रियाकलापमा लागेका तीन जना प्रहरीसहित पाचजनालाई धरान प्रहरीले प्रक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
प्रहरीले इटहरी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी जवान दीपककुमार तामाङ, जिल्ला अदालत समन्वय तथा सुरक्षा इकाई फैसला कार्यान्वय धनकुटा दरबन्दी रहेका र हाल जिल्ला प्रहरी कार्यालय इनरुवाका कार्यरत प्रहरी जवान सन्तोष तामाङ र सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वार्टर सुनसरीमा दरबन्दी भई सुरक्षा बेस सिराहाको गोलबजारमा कार्यरत सशस्त्र प्रहरी जवान जंगबहादुर श्रेष्ठलाई लागूऔषध र पेस्तोलसहित पक्राउ गरेसंगै आपराधि कार्यमा प्रहरी न संलग्न रहेको स्पष्ट भएको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले जवान दीपककुमार तामाङलाई धरान–१६ मा रहेको धरान रङ्गशालाको प्याराफिटबाट पक्राउ गरेको हो । स्थायी घर विराटनगर भएका तामाङ्गसहित धरान(८ का ३४ वर्षीय दिलकुमार लिम्बू, ४० वर्षीय ओमबहादुर लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये दिलकुमारले बोकेको बजारे झोला चेकजाच गर्दा लागुऔषध स्पास्मोप्रोक्सिभन २ सय ६४ ट्याब्लेट र स्पास्मोटोक्सिभन १ सय ३६ क्याप्सुल भेटिएको थियो ।
यसैगरी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङलाई पनि प्रहरीले लागू औषधसहित प्रक्राउ गरेको हो ।
त्यसैगरी सुरक्षा बेस सिराहाको गोलबजारमा कार्यरत सशस्त्र प्रहरी जवान जङ्गबहादुर श्रेष्ठलाई भने लागूऔषध र पेस्तोलसहित पक्राउ गरेका इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । न्यौपानेलाई भने गत असार १२ गते हतियार र लागू औषधसहित प्रक्राउ परेका तीनजनाको अनुसन्धानको क्रममा श्रेष्ठ पनि संलग्न भएको खुलेपछि उनलाई प्रक्राउ
गरिएको डिएसपी न्यौपानले बताउनुभयो ।
साउन १२ गते १५ का ३९ बर्षीय सरोज गुरुङ, धरान ११ मा आफन्त प्रवीण राईको घरमा डेरा गरी बस्ने जिल्ला भोजपुर आमचोक गाउपालिका ६ का २९ बर्षीय विजय राई, भोजपुरका हतुवागडी गाउपालिका २ बस्ने ३१ बर्षीय सुरेश राईलाई पेस्तोल २ थान, पेस्तोलमा प्रयोग गरिने म्याजिन १ थान गोली लोड गर्ने म्याकजिन एक, म्याकजिनमा लोड भएको ७ः६५ लेखिएको गोली, ०७ लेखिएको पेस्तोल गोली थान १०, ७.६२ लेखिएको एसएलआरमा प्रयोग हुने गोली ५ थान प्रक्रउ गरेको थियो ।
प्रहरीले सुद्धिकरणको अभियान चलाएको बेला प्रहरी नै संलग्न रहेको बताउदै डिएसपी न्यौपानेले अन्य सरह प्रक्राउ परेका प्रहरीलाई समेत कारबाही गरिने बताउनुभयो । प्रक्रउ परेका तीनजना प्रहरी र सहित अन्य पाच जनालाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया