झापा÷बाह्रदर्शी गाउँपालिका २ बस्ने रोहितमली कडुमको छोरा११ वर्षीय सागरमली कडुम बिरीङ खोलामा मृत अवस्थामा फेला परेका छन ।
सोमबार दिउँसो साढे १२ बजे सोही स्थान बस्ने १२ बर्षीय बादल मलीक र सागर साईकलमा खेल्न भनी हिडेकोमा साझ सम्म घर फर्की नआएपछी खोजतलासका क्रममा आफन्तले सोही स्थानमा रहेको घाग्रा खोलाको किनारमा उनीहरुले लगेको साईकल र लगाएको कपडा फेला परेको ईलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान पाउने ९ बजे बाह्रदर्शी गाउँपालिका–१ स्थित बिरीङ खोलामा सागरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीसँगै गएका बादल मलीकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
