पाँचथर÷पाँचथरफाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिताचेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ ।
साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मोहनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ भने सुनिताको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

