भोजपुर÷भोजपुर रामप्रसाद राई गाउँपालिका ६ वैकुण्ठे थापा टोल बस्ने प्रकाश थापाको४ बर्षीय छोरा प्रमिश थापाको पानीमा डुबेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे घर देखी ५ मिनेटको दुरीमा डुबेर बालकको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी माने भञ्ज्याङमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको
छ ।
