मोरङ÷नगद चोरी गरी फरार
रहेका मोरङ कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय सुरज कामत पक्राउ परेका छन । साउन ७ गते कामतले बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेका थिए । फरार रहेका कामतलाई हिजो
बिराटनगर १ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैया र १ लाख ५ हजार पर्ने १ थान सामसुङ मोबाईल समेतबरामद गरिएको साथै उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
