धरान÷धरान उप–महानगरपालिका–८ स्थित तिनकुने चोकबाट २३ बर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ साढे ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ईटहरीबाट धरान तर्फ आउदै गरेको यात्रु बाहक बसरोकीबसमा सवार धरान २ बस्ने साहीलाई नियन्त्रणमा लिई निजले बोकेको झोलामा खानतलासी गर्दा सो झोला भित्र लुकाई छिपाई राखेको लुपिजेसिक ७४ एम्पुल, एभिल ७३ एम्पुल, डाईजेलाभ ७३ एम्पुल लागु औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका साही उपर कानुनी कारबाही अगाडी बढाईएको साथै थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
